इटहरी/ अद्भुत स्वरका धनि सपन आफुसंग भएको गायकीलाइ विभिन्न मिडिया तथा युट्युबबाट देश विदेश सम्म छरिएहेका छन् । सुमधुर स्वरका खानि सपन श्रेष्ठ प्रतियोगी नम्बर १० हुदै ‘केबिए ग्लोबल जुनी जुनिलाइ कभर गित गायन कम्पिटिसन’मा भाग लिएका थिए । उक्त्त प्रतियोगितामा सपना उपविजेता बन्न सफल भएका छन् । प्रतियोगितामा दोश्रो हुदै सपनले नगद रु २५ हजार र एउटा गीत रेकर्ड गराउने अवशर पाएका छन् । हेर्नुस यसबारे उनि संग गरिएको भिडियो कुराकानी ।
यस संगै सपनालाई संगीतको ठुलो महासागरमा अगाडी बढ्न यो प्रतियोगिताले थप हौसला मिलेको छ । आर्थिक आभाबले गर्दा ओझेलमा परेको सपनको स्वरलाई अहिले युट्युब मार्फत सबैले मन तानिरहेको छ । पैसा अभाबका कारण आफ्नो गायन कलालाई राम्रो स्थान दिन नसकिरहेका सपन मिडियामा आएपछि भने उनले निकै राम्रो स्थान पाएका छन् ।
युट्युबबाट आफ्नो प्रतिभा प्रस्फुटन गर्दै चर्चामा आएका सपनलाइ गायक कमल खत्रीले पहिलो गित रेकडिङ्ग गरिदिने भए संगै अहिले रेकडिङ्गको तयारि तिब्र पारिएको छ । साथै म्युजिक भिडियो निर्माणको लागि आर्थिक सहयोग संकलन भईरहेको बेला ‘केबिए ग्लोबल जुनी जुनिलाइ कभर गित गायन कम्पिटिसन’बाट प्राप्त नगदले आर्थिक भार कम गराइदिएको छ । अब पहिलो गित रेकर्ड तथा म्युजिक भिडियो निर्माण गर्न चाडै काठमाडौँ जाने तयारि गरिरहेको सपनले जानकारी दिए ।
प्रतिक्रिया