करुणाले दिईन छमछमी नाच्दै तिजको सुभकामना (भिडियो सहित

इनेप्लिज २०७५ भदौ १४ गते ११:०२ मा प्रकाशित

ईटहरी/ केहि बर्ष अगाडी जिन्दगीको हरेक माेडमा गित गाएर नेपाली संगीत अाकाशमा अाैपचारिक सांगीतिक यात्रा सुरू गरेकि गायिका करूणा राई छाेटाे समय मै दर्शक माझ चिनिन थालेकी छिन । संखुवासभा स्थायी घर भएकी करुणा विशेषगरि लोक तथा आधुनिक गीत गाउन मन पराउछिन ।

उनको समधुर आवाज बाट धेरै जना प्रभावित भएका छन् । सांगीतिक यात्राको आरोह अवरोह लाई पार गर्दै निरन्तर रुपमा गायन कलामा अगाडी बढीरहेकी छिन । सुनाखरि अवार्ड २०१७ बाट सम्मानित गायिका करूणा राईले भर्खर मात्र अाफ्नाे शब्द, स्वर र सुजन तिगेलाकाे सङगितमा तिजकाे शुभकामना गित को भिडियाे समेत युट्युब मार्फत सार्वाजानिक गरेकि छिन ।

सार्बजनिक भिडियोमा मार्टिना मेकअप स्टुडियोले मेकअप गरेको छ । रूपक जिमि, राज चाम्लिङ र सुजन तिगेला लगायतकाे सङगितमा छाेटाे समयमा नै दर्जनाै गित रेकर्ड गराइ सकेकी छिन । हरेक दृष्टिले उत्कृस्ट उक्त तिज गीत हेरेर श्रोता दर्शहरुबाट पाएको प्रतिक्रियाले उत्साहित भएको बताउछिन । सार्बजनिक तीज गीतलाई पनि आम दर्शक श्रोताले निकै नै मन पराएका छन् ।

https://www.youtube.com/watch?v=rj3OVmeuKZs

प्रतिक्रिया