बिरानो भो माईतीको आँगनीूलाई सबैको तारिफ

इनेप्लिज २०७५ भदौ १२ गते ११:०९ मा प्रकाशित

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकामा आधारित तीज गीतहरु बजारमा प्रशस्त सार्बजनिक भैरहेको अवस्थामा सञ्चारकर्मि सविता पोखरेलको उत्कृष्ट शब्द सिर्जनामा गायिका काब्या आचार्यको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत बजारमा सार्वजनिक भएको छ ।

बाध्यताले आफनो माइतीको आगँनी टेक्न नपाएकी सविताले आफनो माइतीको आँगनीलाई निकै प्यारो लागेको कुरा गीतका भावमा ब्यक्त गरेकी छन । आफुलाई धेरै माया गर्ने बावु आमालाई महान पर्वमा भेटन नपाउदा मनमा निशासा छाएको उनले बताइन । बास्तविकतामा रहेर तिजको मौलिक सिर्जनालाई बाहिर ल्याउनु निकै चुनौति भएको गायिका काब्याले बताइन ।  गीतमा लय सिर्जना काब्या आचार्यले गरेकी हुन भने एरेन्ज विपिन आचार्यले एरेन्ज गरेका हुन ।

गीतको भाव अनुसार भिडियोलाई पनि निकै आकर्षक बनाउने प्रयास गरिएको छ । “माइतीको आगँनी” बोलको गीतको म्युजिक भिडियोमा रिना थापा मगर , मेलिना ठकुरी र रिना राउतले आफ्नो अभिनय मार्फत थप उत्कृष्टता दिने प्रयास गरेका छन् । भिडियामा सञ्जिव बलामी को निर्देशन तथा कृष्ण श्रेष्ठको छायांकन तथा दिनसन शाहको सम्पादनमा तयार भएको हो ।

प्रतिक्रिया