सरला बन्तवाको ‘जिन्दगीमा घरीघरी’ बोलको नँया गीत सार्वजनिक

इनेप्लिज २०७५ भदौ ११ गते २३:०६ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। लोकप्रिय गायिका सरला बन्तवाको नँया गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘जिन्दगीमा घरीघरी’ बोलको सार्वजनिक गीत गीतकार मनु लोहरंग राईले लेखेका हुन् । गीतमा बिक्रम वालिंग राईको संगीत रहेको छ ।

सार्वजनिक गीतको म्यूजिक भिडियो मार्फत पहिलो पटक मोडल सुनिल गुरुङ र र निशा जोडीका रुपमा देखा परेकाछन् । गीतमा मायामा धोका भएर जिन्दगीमा पर्ने पिडालाई उतार्न खोजिएको छ।

जीवन पराजुलीले खिचेको म्यूजिक भिडियो युवराज खत्रीले सम्पादन गरेका हुन् । म्यूजिक भिडियो निर्देशन पनि युवराज खत्रीले नै गरेका हुन् ।

सेलिब्रेटी नेपाल प्रा लिको निर्माणमा बनेको यस गीत पिएनपि मीडिया नामक एक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया