प्रदेश न.३ समन्वय परिषद कतारद्वारा राष्ट्रिय कलाकारहरुलाइ सम्मान !

इनेप्लिज २०७५ भदौ १० गते २२:२१ मा प्रकाशित

ध्रुब क्षेत्री’ दोहा, हिजो मिति २०१८ अगस्ट २५ तारिक शनिबारका दिन नेपाली प्रबासी तामाङ समाज कतारको कार्यक्रममा सहभागी कलाकार किर्ति तामाङ र शिला मुक्तान साथै रमाइलो साझद्वारा आयोजित सास्कृतिक कार्यक्रममा उपस्थित कलाकारहरु प्रकाश कटवाल, कमल खत्री, विबेक खतिवडा, रिया श्रेष्ठ, साना महर्जन र स्मृति गौतमलाई भब्यताका साथ दोहाको युनिक रेस्टुरेन्टमा सम्मान गरियो ।

उक्त सम्मान कार्यक्रममा प्रदेश न.३ समन्वय परिषद कतारका सम्योजक नन्द प्रसाद ढुङ्गानाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने सस्थाका सल्लाहकारहरु कमल घिमिरे, समीर केसी, सरोज पुडासैनी, नारायण भण्डारी तथा सदस्यहरु लगायत नेपाली प्रबासी तामाङ समाजका अध्यक्ष तिर्थ लामा, संरक्षक, प्रमुख सल्लाहकार लगायतका सामाजिक अभियान्तहरुलाइ आतिथ्यता ग्रहण सगै अतिथि कलाकारहरुको आसन ग्रहण पश्चात् बक्ताहरुलाइ आफ्नो मन्तव्य राख्न समय दिएको थियो ।

बक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा कलाकारहरु राष्ट्रका अमुल्य गहना हुन त्यसैले सबैका साझा कलाकारहरुलाइ कतारमा सम्म्मान गर्न पाउँदा हामी खुसी छौ आशा छ आगामी दिनहरुमा पनि यहाहरुको अझै प्रगतिको कामनाका साथै दर्शकहरुको मन मस्तिष्कमा रहन सफल रहनुहोला भन्ने मन्तव्य सहित शुभकामना दिनुभएको थियो । शुभकामना पश्चात् कार्यक्रममा उपस्थित अतिथिहरुले खादा ओढाएर सम्मान गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष नन्द प्रसाद ढुङ्गानाले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

उक्त सम्मान कार्यक्रम सम्पन्न सगै कार्यक्रमका अध्यक्षता गर्नुहुने सस्थाका सम्योजक नन्द प्रसाद ढुङ्गानाले सबै धर्म, जात, कला सस्कृतीको सम्मान गर्न पाउनुमा हामी गौरबान्बित छौ आशा छ आगामी दिनहरुको सम्मान गर्नु पाउने आशा राख्दछौ भन्ने अभिव्यक्ति प्रस्तुत गर्नुका साथै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रमको संचालन सस्थाका सदस्य सचिब प्रकाश बोहराले गर्नुभएको थियो । कार्यक्रम समापन सगै अतिथि कलाकारहरुसग साथमा रात्री भोज गरि बिदाई गरिएको थियो

प्रतिक्रिया