केरलाका बाढिपिडितलाई एनआरएन नाईजेरिया द्वारा सहयोग

इनेप्लिज २०७५ भदौ १० गते १०:३५ मा प्रकाशित

लेगोस , नाइजेरिया ,गैर आबासिय नेपाली संघ , नाइजेरियाले छिमेकी रास्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई लेगोस स्थित केरला समाज लाई मुख्यमन्त्री राहत कोष , केरलामा जम्मा हुने गरि नाइजेरियन दुई लाख पचास हजार ( नेपाली रु पचहत्तर हजार ) आज लेगोसमा एक बिशेष कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

संघका नाइजेरिया अध्यक्ष जनक बिष्टले , एनआरएनएका अन्तरास्ट्रिय समितीका  कोषाध्यक्ष  हिक्मत थापाको उपस्थितिमा आज   उक्त सहयोग केरला समाज नाइजेरियाका अध्यक्ष जसलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा एनआरएनए नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर , अफ्रिका क्षेत्रीय  महिला संयोजक मन थापा , सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवाल को समेत उपस्थिति थियो ।

प्रतिक्रिया