मनोरंजन विधाको विभिन्न कक्षाहरु संचालन गर्ने उदेश्यले भिजन एकेडेमी संचालन गर्न लागिएको हो । उक्त एकेडेमीमा जुम्बा नृत्य, अभिनय, क्यामेरा, भिडियो इडिटिङ्ग, रेडियो तथा भिडियो कार्यक्रम प्रस्तोता लगायतका कक्षा संचालन गरिनेछ ।
सुबिधा सम्पन्न हलमा अनुभबी प्रशिक्षकहरुबाट प्रशिक्षण गरिने कुरा कोशी भिजन फिल्म्स प्रालिका संचालक लाखमान योञ्जनले जानकारी गराए l उद्घाटन कार्यक्रममा पत्रकार साथै अन्य बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
प्रतिक्रिया