शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:२६
वासिङटन डिसी 16:41

आध्यात्मिक सांगीतिक ब्याण्ड सत्याकृतको ”जिन्दगी ” सार्बजनिक

इनेप्लिज २०७५ भदौ ९ गते १३:०५ मा प्रकाशित

नेपालमा अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुती दिदै आएको सत्याकृत ब्यान्डले नया गीत ”जिन्दगी ”को भिडियोलाइ शुक्रबार सार्वजनिक गरेको छ। रिलिज गीत ”जिन्दगी ”को भिडियोलाइ दुबईको मरुभुमी र समुन्द्री किनारमा खिचिएको हो ।ब्याण्ड मेम्बर बिजय गौतमको शब्द र प्रजीत लामाको स्वर रहेको गीतमा प्रकाश न्यौपानेको क्यामेरा र निशान घिमिरेको सम्पादन रहेको छ। पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको ब्याण्डले अहिले भने सुफी शैलीको गीत ल्याएको हो ।

‘सत्याकृतले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत सङीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।

प्रतिक्रिया