सुवास ढकाल ,गायक एवं संगीतकार प्रकाश खत्रीको हावा सरि भन्ने गीत अघिल्लो हप्ता प्रदर्शित भैसकेको छ । खत्रीको युट्युब च्यानलमा त्यो गीत हेर्न सकिन्छ । यसै शृंखला अन्तर्गत आज अर्को गीत प्रदर्शित हुदैंछ जसको बोल छ – पिउ साथी पिउ |
म र प्रकाशजी एकदिन येत्तिकै बसिरहेका बेला वहाँले एउटा धुन सुनाउनु भो अनि वहाले लेखेका केहि शब्दहरु पनि सुनाउनु भो – पी ढुक्क पी ।
त्यस पछि त्यो धुन समातेर म शब्दहरु भर्न थाले | पिउं साथि पिउं – एउटा रमाइलो, नांचगान गर्न मिल्ने गीत लेख्न बसें । लेख्दै जाँदा त्यो गीतलाई केही संदेश संदेशमुलक पनि बनाउन मन लाग्यो | अनि त्यसै अनुसार लेखियो यो गीत । एकचोटीको जीवन हो, मिलिजुली बाचौं, रिस राग त्यागेर, मनमुटाव बिर्सेर अघि बढौं – यस्ता सन्देशहरु दिन खोजिएको छ यो गीत मार्फत ।
महिला सशक्तिकरणको कुरा गरिएको छ यो गीत मार्फत । कोही भन्दा कोही कम छैन भन्ने संदेश दिन खोजिएको छ यो गीत मार्फत । यो गीतलाई धेरै भन्दा धेरै श्रोताहरु माँझ पुर्याउने हाम्रो लक्ष्यलाई सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्न चाहन्छु ।
कृपया यो गीतलाई शेयर गरिदिनुहोला अनि प्रकाशजीको youtube channel लाई subscribe गरिदिनु होला । वहाँका धेरै गीतहरु प्रदर्शनको तयारीमा छन् | यस्ता राम्रा गीतहरु सुन्ने अवसर गुमाउनु हुदैन है प्रकाशजीको youtube channel लाई subscribe गर्न नबिर्सनु होला ।
प्रतिक्रिया