सपना श्री को नयां गीत “गुम्सिएर…” सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७५ भदौ ८ गते २:४९ मा प्रकाशित

 

न्यूयोर्क, अमेरिका

धेरै बर्षको अन्तरालमा गायिका सपना श्री को नयां गीत “गुम्सिएर…” यूट्यूब मार्फत सार्बजनिक गरिएको छ। अम्बिका ज्ञवालीको रचना रहेको उक्त गीतमा ओम कर्माचार्यले संगीत दिनु भएको छ।

गीतको म्यूजिक भिडियो न्यूयोर्कमा बनाइएको छ, जसमा इशान ढकाल र स्वयं रचनाकार अम्बिका ज्ञवालीले अभिनय गरेका छन्। चारैजना स्रष्टा अहिले अमेरिकाको न्यूयोर्कमा बस्दै आउनु भएको छ। गीतको रिकर्डिगं कार्य देखि म्यूजिक भिडियोको कार्य सम्म सम्पुर्ण काम न्यूयोर्क स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शनमा गरिएको छ। म्यूजिक भिडियोमा क्यामरा, एडिटिङ तथा निर्देशन ओम कर्माचार्यले गर्नु भएको छ।

प्रतिक्रिया