काठमाडौं, ७ भदौ । योगेन्द्र पनेरु निर्माता रहेको चलचित्र ‘ब्ल्याक एयर’ को आज एक विशेष समारोहका बीच शुभमर्हत गरिएको छ ।
बिहीबार काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा नेपाली चलचित्रका विभिन्न कलाकारहरुको उपस्थितिमा उक्त चलचित्रको शुभमर्हत गरिएको छ ।
चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा चलचित्रको शुभमर्हत गरिएको थियो । चलचित्रको यही भदौ १० गतेदेखि छायाँकन गरिने छ । सुरेन्द्र बुढाथोकी र रश्मी शाहको मुख्य भूमिका रहेको चलचित्रमा उकेश पनेरु, अनुपा खड्का, देव सागर,पवन भट्टराई लगायतको कलकारहरुको अभिनय रहेको छ ।
भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिबारे केन्द्रित रहेर चलचित्रको कथा लेखिएको छ । उक्त चलचित्र काठमाडौं र ललितपुरमा छायाँकन हुने पनि निर्माण पक्षले जानकारी दिएको छ । यस चलचित्रलाई लक्षु गौतमले निर्देशन गर्ने छिन भने क्यामेरामा रामेश्वर हुमागाँई रहेका छन् ।
फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुने उक्त चलचित्र भुकम्प गएको दिन पारेर आउने २०७६ बैशाख १२ गते प्रर्दशनमा ल्याउनेपनि निर्माण पक्षले अग्रिम जानकारी गराएको छ ।
प्रतिक्रिया