अफ्रीका कङ्गोको लागि भारतकि राजदुत बनेकी दार्जिलिङ्गकि निना छिरिङ्ग ला द्वारा ओहदाको प्रमाण पत्र प्रस्तुत

इनेप्लिज २०७५ भदौ ६ गते २३:२३ मा प्रकाशित

अफ्रीका कंगोको लागि भारतीय राजदुत बन्ने अवसर पाएकी दार्जिलिंगकि निना छिरिङ्ग ला ले कंगोमा आफ्नो ओहदाको प्रमाण पत्र प्रस्तुत गरेकी छिन् । उनि गत जुलाई १० तारिखमा भारत सरकारको तर्फ बाट कंगोको लागि राजदुतमा नियुक्त भएकी थिइन् ।

उनले गत अगस्त ११ तारिख ओहदाको प्रमाण पत्र कंगोका राष्ट्रपति लाई पेश गरिन । उनि दार्जिलिंग गोर्खा समुदाय कि हुन् । उनका पिता दार्जिलिंगमा दमकल वारुण यन्त्रमा काम गर्थे उनको पिता को सन् २००० मा निधन भएको थियो ।

मातापिता कि ६ जना सन्तान मध्ये कि निना छिरिङ्ग ला दोश्रो सन्तान हुन् । लोरेटो कन्भेन्ट दार्जिलिंग बाट अध्ययन गर्दै नया दिल्ली को जवाहरलाल नेहरु बिश्व बिद्यालय बाट फ्रान्सेली भाषामा स्नातकोत्तर गरेकी छिन् ।

उनका पति श्री रिन्जेन ला हुन् भने उनकी माता दिल्लीमा बसोबास गर्छिन ।

प्रतिक्रिया