गायिका सञ्जिता श्रेष्ठको “ ग्यारेन्टी सुन भो मलाई चाइएन” बजार तताउदै

इनेप्लिज २०७५ भदौ ६ गते २२:२८ मा प्रकाशित

काठमान्डाँ, भदौ ६

गायिका सञ्जिता श्रेष्ठ र गायक कमल सुशान्त  केसीको आफ्नै लय तथा स्वरमा रहेको मौलिक भाकामा आधारित रहेर तयार पारिएको नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा रोलोश्ना म्युजिक प्रालीको प्रस्तुतिमा सञ्जिता श्रेष्ठको तिजको कोशेली “ ग्यारेन्टी सुन भो मलाई चाइएन” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जिवनका भोगाई कृष्ण थापा वियोगीले लेखेका हुन ।

अहिले  तीज को गीतको नाममा संस्कृतिनै बिकृत बनाउने खालका गीतहरु बजारमा आएका छन । मौलिक सिर्जनालाई बजारमा ल्याएर पर्वमा उत्साह थप्नको लागी आफुले यसपाली  ग्यारेन्टी सुन भो मलाई चाइएन” ल्याएको सञ्चिताले बताईन ।

प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन , तथा विक्रम चौहानको निर्देशनमा रहेको गीतमा टिका जौशी र पार्थ रानाको अभिनय गीतको भिडियोमा रहेको छ ।

प्रतिक्रिया