तेरो छोरी होटेलमा सुतेको भेटे भनेर बाबाको साथीले कुरा लगाईदिएछन् : पुजा अधिकारी

इनेप्लिज २०७५ भदौ ६ गते ११:१० मा प्रकाशित
पिएनपिखबर, भक्तपुर। पुजा अधिकारी तेह्रथुममा जन्मिएकी हुन्। उनी सानै हुँदा उनको आमाले उनलाई छोडेर गइन्। यति निर्दयी मन कि उनकी आमाले उनलाई कसैको जिम्मा लगाएर छोडेर गएकी होइनन्। उनले खोलाको डिलमा छोडेर अरु नै पुरुषसँग सदाको लागि छोडेर गइन्।

उनको भनाई अनुसार उनका पिता विदेश गएका थिए। आम नेपाली वैदेशिक रोजगारीमा जानु त सामान्य नै भइसक्यो। त्यसै बाध्यताले पुजाको पितालाई पनि छोडेन। उनी विदेश गएकै मौका पारेर उनकी आमा पर पुरुषसँग आफ्नो दुधे बालक छोडेर गइन्। उनकि आमाको चाहना त उनी डिलबाट लडेर मरोस भन्ने थियो तर उनलाई बाटोमा हिड्ने बटुवाले फेला पारे र उनको हजुरआमालाई जिम्मा लगाइदिए। उनको दुर्भाग्य भनुम वा भाग्य उनी हजुरआमाको हातमा परिन्।

उनको लालनपालन पनि उनको हजुरआमाले नै गरिन्। उनलाई कहिले आमाको माया कमि हुन दिईनन्। हुन त उनले आफ्नो बाल्यकाल होस्टेलमा बिताएकि हुन्। पढ्नका लागि भनेर उनी होस्टेलमा नै बसेकोले उनले घरमा बस्ने सौभाग्य खासै प्राप्त गरिनन्। उनी पढाई सकेर घर जाँदा हजुरआमाको मायाममता उस्तै थियो तर उनको पिताको भने उनले माया पाइनन्।

उनको पिताको र उनको कहिले पनि कुरा मिलेन। उनको इक्षामा उनको पिता कहिले सहमत भएनन् भन्दै उनले आफ्नो गुनासो पोखिन्। एकदिन त अत्ति नै भएर अनावश्यक कुरामा झगडा पर्यो र उनी घर नै त्यागेर काठमाडौँ आइन्। उनि भन्छिन् ,’ मैले धेरै सहे। जति बाबालाई सम्झाउन खोजे नी बाबाले मेरो कुरा बुझ्न कोसिस नै गर्नु भएन। अन्तत : मैले घर छोड्ने निर्णय गरे र काठमाडौँ आए। ‘

काठमाडौँमा उनको आफन्त कोहि थिएन। बस्ने खाने केहि ठेगान नभएकोले उनलाई एक साथीले सहयोग गरे। उनी त्यहीँ साथीको घरमा बसिन्। बस्दै जाँदा उनको त्यही साथीसँग माया बस्यो। उनी करिव ३ महिना सम्म सोहि आफ्नो प्रेमीको कोठामा प्रेमीसँग बसिन्। उनलाई एक्कासी एक अपरिचित व्यक्तिको फोन कल मार्फत अपशब्द, गालिगलौज गरे पछि उनी छागाबाट खसेको जस्तै भइन्। उनलाई धाटर मायाझालमाफसाएको कुरा उनले बल्ल थाहा पाइन्। उनको प्रेमीले धोका दिएको कुरा उनलाई विश्वास नै लागेन।

उनले सानै देखि माया नपाएकोले उनले आफ्नो प्रेमीलाई छिट्टै विश्वास गरिन्। प्रतिफलमा धोका पाइन्। अहिले उनलाई माया शब्दबाट नै विश्वास उडिसक्यो। हाल उनी छुट्टै कोठा खोजेर कपनमा बसेकी छिन्। उनी रातभर क्यासिनोमा काम गर्छिन् र दिउसोको समयमा कलाकारिता समय दिन्छिन्। कुनै काम नभएको बेला उनी सुत्छिन्।

उनी बाल्यकाल देखि नै डान्स, याक्टिङ र मोडलिङमा रुची राख्थिन्। उनी विद्यालयमा पनि बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन रुचाउथिन्। डान्स गर्दै जाने क्रममा उनलाई टेलिसिरियलबाट अफर आयो । त्यसपश्चता उनले हर्के हवल्दार, शेरेले हसाउँछ, सुकलगन्ध, अज्जवगज्जवमा जस्ता टेलीसिरियलमा अभिनय गरिन्। यसरी नै उनी कलाकारिता क्षेत्रमा लागेकी हुन्।

म्युजिक भिडियोमा मोडलिङ गर्नमा व्यस्त रहेने उनी यस क्षेत्रमा लागेको पनि धेरै समय भएको छैन। करिव एक वर्ष जस्तो समयको अन्तरालमा उनले गाइजात्रा, तीज, दशैँतिहारका गीतमा मोडलिङ गरेकी छिन्।

उनलाई घरपरिवारको सपोर्ट भने रहेको छैन। उनी भन्छिन् ,’कलाकारितामा भविश्य छैन् । त्यसैले यो क्षेत्रमा नलाग भन्नुहुन्छ । त्यसकारण सपोर्ट हुने कुरा नै भएन् । म आफ्नै जिद्दीले यो क्षेत्रमा आएको हुँ। मैले कलाकारिताको लागि आफ्नो घरपरिवार सम्म त्यागे।’

https://www.youtube.com/watch?v=RbEh_fk56nY

प्रतिक्रिया