स्वीडेन स्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली साहित्य, कला र सँस्कृतिकर्मको श्रिवृद्धि गर्ने कार्यमा सृजनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ विगत चार बर्ष देखि अनवरत रुपमा कृयाशिल रहँदै आएको स्वीडेन स्थित एक मात्र नेपाली साँस्कृतिक संस्था नेपाल मण्डपको आयोजनामा गत शनिवार १८ अगस्त २०१८ का दिन स्वीडेननको राजधानी स्टकहोल्ममा भव्यतापूर्वक “स्टकहोल्म नेपाली साँस्कृतिक महोत्सब २०१८’’ सम्पन्न भएको छ।
असत्य बाट सत्य, अन्धकार बाट प्रकाश र मृत्यु बाट अमरता तर्फ हाम्रो गति होस् भन्ने सन्देश प्रवाह गर्दै आरम्भ भएको उक्त रोमान्चकारी साँस्कृतिक महोत्सवमा उषा गौतम डंगोल, सुजता संग्रौला चिमरिया, जमुना कट्वुल कार्की, बिना कार्की, अन्जु खड्का, रुपा हेल्स्तेन, सन्जु पाईजा, दिया श्रेष्ठ, प्रेरणा गुरुङ्ग, मनिषा लिम्बु, परीक्षा भट्टराई, शिब कुमार चौंलागँई, धुर्ब क्षेत्री र रबी बोहोराले बिबिध लोक तथा आधुनिक गितहरुमा आकर्षक नृत्य प्रस्तुत गर्दै नेपालको तीन वटै भौगोलिक क्षेत्र हिमाल, तराई र पहाडलाई प्रतिनिधित्व गर्ने परम्परागत तथा साँस्कृतिक पहीरनहरुको प्रदर्शन गरेका थिए।
दिप राज थापा र रिना ढकालद्वारा संचालित उक्त साँस्कृतिक महोत्सवमा सन्नी प्रधान, बिजय प्रधान, आश्विन श्रेष्ठ, शसील श्रेष्ठ र दिप राज थापाले आफ्नो कर्णप्रिय स्वरमा नेपाली आधुनिक गितहरु गाएका थिए भने नेपालको साँस्कृतिक र भौगोलिक बिबिधताको सौन्दर्यलाई चित्रण गर्दै कार्यक्रममा दिप शर्माद्वारा तयार गरीएको नेपाल र स्वीडेनको भूगोललाई एक आपसमा जोड्न समर्थ सुन्दर र संक्षिप्त भिडीयो चित्र पनि कार्यक्रममा प्रस्तुत गरीएको थियो ।
कलाकर्मीहरुको शृंगारमा पुष्पा पुन र सिता लामिछाने सहयोग गर्नु भएको उक्त कार्यक्रम अवधि भरिका गतिबिधिहरु क्यामेरामा बिकी शर्माले कैद गरेका थिए। उचित सिग्देल, प्रदिप केसी र अशोक खड्काको व्यवस्थापनमा सम्पन्न भएको उपर्युक्त महत्सोबको अन्त्यमा मन्चन भएको सम्बाद प्रधान प्रयोगात्मक नाटक “पति त्याग पत्र“ मा सोमा थापा अधिकारी र शिब कुमार चौंलागाँईले जिवन्त अभिनय गरेका थिए। नवीनतम नाट्य शिल्पको उपयोग गर्दै सुबास अधिकारीद्वारा लिखित तथा निर्देशित उक्त नाटकले आदिमकाल देखी आजको आधुनिक युग सम्म अविच्छिन्न रुपमा पुरुषद्वारा स्त्री माथि गरीएको दमन, उत्पीडन र बिभेदको बिषयलाई सशक्त ढंगबाट उठान गरेको थियो।
असतोमा सद्गामय ॥ तमसोमा ज्योतिर्गमय ॥ मृत्योर्मा अमृतम् गमय ॥ अर्थात असत्यबाट सत्य, अन्धकारबाट प्रकाश र मृत्युबाट अमरता तर्फ मेरो गति होस् भन्ने पाश्र्व श्लोकमा कलाकरहरुले मन्चमा साधना गरीरहेको अवस्थाबाट आरम्भ भएको उक्त महोत्सबको अन्त्य पनि कलाकरहरुले सोही श्लोकमा साधना गरीरहेकै स्थितीमा भएको थियो।
प्रतिक्रिया