पेटीकोट लगाई बलात्कारीलाई फाँसीको सजाय माग्ने १७ बर्षे युवकको सरकारलाई यस्तो चेतावनी

इनेप्लिज २०७५ भदौ ४ गते २१:१२ मा प्रकाशित

भक्तपुर: पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै शनिबार केहि पुरुषसहित महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गर्दा सामाजिक अभियानमा सक्रिय सिन्धुपाल्चोकका सुरेश तिमिल्सिना पनि प्रहरीको हिरासतमा परे । पेटिकोट लगाएर प्रर्दशनमा पुगेका सुरेश प्रदर्शनस्थलमा पुग्दा केहीबेर झडप पनि हुन पुगेको थियो ।

अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै सुरेश पनि प्रहरी हिरासतमा परेका थिए । प्रदर्शन अर्थनग्न भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन । करिब ४ घण्टा हिरासतमा राखेपछि प्रहरीले प्रदर्शनकारीलाई छोडेको थियो।

यो घटना घटेपश्चात प्रदर्शनकारीले चर्चामा आउनको लागि उद्दण्ड व्यवहार देखाएको भन्दै बिभिन्न टिकाटिप्पणी पनि भए। सुरेश तिमिल्सिना भने चर्चामा आउन नभई महिला हक हितको लागि गरिएको प्रदर्शनमा प्रहरीको धरपकड निन्दनीय भएको बताउछन। सुरेश भन्छन, ‘ साउदी अरब, इरान लगायतका देशमा बलात्कारीलाई फाँसी दिइन्छ भने नेपालमा त्यस्तो कानुन किन बन्दैन ? हामीले पिडितको घाउमा मलम लगाउन प्रदर्शन गरेको हो। उनीहरुको समस्या समाधान गर्न निरन्तर लागिपर्नेछौ।’

सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेपनि त्यस क्षेत्रमा बिभिन्न बिरोध कार्यक्रम हुदै आएको छ। नेपालमा लागु भएको नियम किताबमा मात्र सिमित हुने गरेको उनले बताए। उनी भन्छन, ‘सार्वजनिक स्थलमा जुवातास खेल्नेलाई कारवाही हुन्छ, बहुविवाह गर्नेलाई कारवाही हुन्छ भने बलात्कारीलाई किन फाँसी हुदैन ?’ उतासहजनक ढंगमा बलात्कारको बिरुद्धमा चलिरहेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नु दुखदायी भएको बताए।

बिगत लामो समयदेखि सिन्धुपाल्चोक जिल्लामा सरसफाईको अभियानमा शक्रिय रहेका सुरेश सोहि अभियानको सिलसिलामा सावित्री सुबेदीसँग चिनजान भएर सहकार्य भएको बताउछन। आगामी दिनमा पनि निरन्तर महिला हक हितमा लागिपर्ने यसमा कुनै बाधा अवरोध आइपरे डटेर सामना गर्नेमा उनी विश्वस्त छन। बर्षौपिच्छे बलात्कारको मुद्धा बढिरहेको अवस्थामा उनि सरकारलाई पुन: प्रश्न गर्छन, ‘नौ महिना कोखमा राखेर जन्माएको बालिका नौ महिना पार गर्न नपाउँदै बलात्कारको शिकार हुनुपर्छ भने बलात्कारीलाई किन फाँसीको सजाय हुदैन ?

प्रतिक्रिया