पहिलो गीत सार्वजनिक भएसँगै रुँदै काठमाडौँ आएकी रबिना बादीको यस्तो हाँसो

इनेप्लिज २०७५ भदौ ४ गते ११:३१ मा प्रकाशित

जाजरकोटबाट न्याय माग्दै रविना वादी काठमाडौँसम्म आइपुगेकी थिइन्। उनको रोईकराई सँगसँगै उनी स्वयम सामाजिक संजालमा भाइरल भएकी थिइन्। धेरै अन्तर्वार्तामा उनले आफु पनि पत्रकारितामा रुची भएसँगै गीत गाउन सक्ने क्षमताको उजागर गरेकी थिइन्। उनको प्रतिभालाई कदर गर्दै उनले गीत रेकर्ड गराइन् साथै जनालय न्युज टिभी नामक युट्युब च्यानल मार्फत सार्वजनिक पनि गरिएको छ।

आशुको धारा बगाउदै आएकी रबिना बादी अब गायिकाको रुपमा देखिएकी छिन् । उनको स्वरमा पहिलो गीत सार्वजनिक भएको छ । उनको गायिका बन्ने सपना पुरा गर्दै उनले आफ्नो पहिलो गीतको नाम नै सपना राखेकी छिन्। श्रीमानबाट बिभिन्न पिडा भोगेर सडक सम्म गुहार माग्न पुगेकी रबिनाको गायिका बन्ने सपना उनको सपना बोलको गीतले पुरा गरेको छ ।

रविनाको वास्तविक जीवनसँग मेल खाने शब्द रहेको यस गीतमा हेजनलको शब्द संगीत रहेको छ भने रबिना बादीले आफ्नो सुमधुर स्वर दिएकि छिन्। ड्रिम्स रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीत आम दर्शकले रुचाइदिने रबिनाको आश रहेको छ।

रविनाको न्यायको लागि हरेक समयमा रविनाको सेवामा काम गर्दै आएको जनालय न्युज टेलिभिजनले शुक्रबारमात्र सार्बजानिक गरेको हो । उनले पहिलो गीत संगसंगै अरु दुईवटा गीत पनि रेकर्ड गराएकी छिन्। सोहि गीतहरु क्रमश सार्वजनिक हुने जानकारी स्वयम रविनाले दिएकि छिन्।

प्रतिक्रिया