सरिता रावतको तीजको कोशेली “तीजैको बेला ….” बजारमा

इनेप्लिज २०७५ भदौ ४ गते १०:३९ मा प्रकाशित

चितवन, ४ भाद्र ।
गायिका सरिता रावतको तीजको कोसेली “तीजैको बेला…” बजारमा आएको छ । हाइलाइट्स म्युजिकले बजारमा ल्याएको सो गीत गायिका सरिता रावत र उनकै भाइ केशव रावतको स्वर रहेको छ । लय तथा संकलन समेत केशव रावतको रहेको छ ।

“तीजैको बेला मादलु बज्यो
मादलु तालैले मलाई नाच्नी बनायो”

भन्ने गीत युट्युवमा समेत हेर्न सकिन्छ । दाङ्गमा माइती भई चितवनको कालिका नगरपालिका वडा नं. ६ मा घर भएकी गायिका रावतले २ वर्ष अगाडि पनि तीजको गीत “चिलचिले पसिना” पनि बजारमा आइसकेको छ भने केही दिन अगाडि उनको अर्को गीत “स्याउली सोत्तर …” सार्वजनिक भइसकेको छ । उनको तीजको गीत साथै अरु गीतहरु पनि यूट्युवमा समेत हेर्न सकिने गायिका सरिता रावतले बताइन् ।

प्रतिक्रिया