सान फ्रान्सिस्कोमा निर्माण हुन लागेको नेपाली कम्युनिटी सेन्टरको सपना पूरा हुँदै

इनेप्लिज २०७५ भदौ ४ गते ४:१९ मा प्रकाशित

क्यालिफोर्निया प्रतिनिधि

धेरै बर्ष अगाडि देखी उत्तर क्यालिफोर्निया का नेपाली समुदायले देख्दै आईरहेको नेपाली सामुदायिक केन्द्रको सपना अब पूरा हुने भएको छ। यस क्षेत्रमा एक नेपाली सामुदायिक केन्द्रको स्थापना गर्ने धेरै बर्ष देखीको सपना भए पनि  बिगत ६, ७  बर्ष देखी सो सपनालाई साकार पार्ने तर्फ सकृयता बढेको हो।  हालै सान फ्रान्सिस्कोमा सम्पन्न एन आर ए अमेरिकाजको अन्तरराष्ट्रिय विज्ञ भेला र एन आर एन ए एन सि सि यु एस् ए को सातौँ बार्षीक साधरण सभाको अवसरमा कारीव ६५,००० डलरको सँकल्प प्राप्त भएको थियो। त्यसै गरी स्टेट अफ क्यालीफोर्निया बाट अनुमती लिई र्याफल टिकट वेची कोष सँकलन गर्ने प्रयास भईरहेको छ। अगस्त १९ आइतवार  धार्मिक महोत्सवको समापनका दिन अपरान्ह र्याफल टीकट खोलिने कुरा एन ए एन सि महासचिव प्रितेश कार्किले जानकारी दिनु भयो। र्याफलको प्रथम पुरस्कार करीव तीस हजार डलर बराबरको टोयोटा क्याम्री २०१८ रहेको छ। सो कार समारोह स्थलमा आईसकेको समेत थाहा भएको छ। अन्य पुरस्कारहरुमा द्वितिय पुरस्कार  हिराको हार अथवा दस हजार डलर नगद, तेश्रो पुरस्कार रोलेक्स घडी अथवा ५,००० नगद र चौथो  पुरस्कार चार जना प्रत्येकलाई सुनको सिक्का अथवा १२५० डलर नगद र अन्य थुप्रै सान्तवना पुरस्कार गरी ५० हजार डलर बराबरको पुरस्कार राखिएको कुरा बताइएको छ।

यसै परीप्रेक्षमा विगत अगस्त १२ देखी धार्मिक महोत्सवको आयोजना भईरहेको छ। उक्त अवसरमा करीव  १० लाख डलरको सँकल्प प्राप्त भई सकेको  भएको अनुमान गरिएको छ र उत्सवको  समापन अगस्त १९ सम्म सो रकम बढ्ने अपेक्षा गरिएको छ। सो अवसरमा सर्वाधिक ठुलो रकम नेपाली जनसंपर्क समिती अमेरिका, उत्तर क्यालिफोर्निया च्याप्टरले एक लाख एक सय एघार, व्यवसायी तथा समाजसेवी दिक्पाल केसीले चालिस हजार एक सय एघार डलर, हिमालयन फाउनडेसनका अध्यक्ष तथा व्यवसायी यज्ञलाल श्रेष्ठ चालिस हजार डलर तथा वरीष्ठ नेपाली अधिवक्ता यज्ञ नेपाल प्रसाद  नेपाल बाट ३३३३३ डलर लगायत धेरै दाताहरुको महत्वपूर्ण योगदान रहेको  र दाताहरुको पूर्ण  सुची समापन पस्चात प्राप्त हुने आयोजकहरुले बताएका छन। सो धार्मिक महोत्सव वुद्द धर्मका धर्म गुरुहरु तथा वाचन प्रविणको नामले चिनिएका   पसिद्द पुराण वाचक दिनवन्धु पोखरेलको नेत्रित्वमा भईरहेको छ।

नेपाली कम्युनिटी सेन्टर उत्तर क्यालिफोर्नियाको सर्वाधिक पुरानो र छाता संगठनको रुपमा मानिएको नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया NANC को पहलमा यस भेगका सक्रिय संघसंस्थाहरु नेपाली जनसंपर्क समिती अमेरिका क्यालिफोर्निया, सनी सगरमाथा समाज, मदर ल्यान्ड नेपाल , द व्हाइट जोन, कृयटिभ नेपाल युथ अर्गनाजेसन, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर, तथा नेपाल असोसियसन अफ ग्लोबल कोअपरेसन एन ए जि सि रहेकोमा हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टर, तामाङ् कोअपरेसन सोसाइटी तथा एन सि तमु समाज गरी जम्मा ११ वटा संघ संस्थाहरु सह  संस्थापकको हैसियतमा कार्यरत छन र अन्य संस्थाहरु पनि आवद्द हुने क्रम जारी छ।

सो धार्मिक महोत्सवको सँयोजकको रुपमा एन ए एन सि का बरिष्ठ ऊपाधक्ष तथा बिभिन्न संघ संस्थामा आवद्द वरीष्ठ समाजसेवी इश्वर सिटौला हुनुहुन्छ। कम्युनिटी सेन्टरको सपना साकार पार्न सबै सहभागी संघ संस्थाहरुको योगदान महत्वपूर्ण रहेको भन्दै एन ए एन सि अध्यक्ष  रविन्द्र कुमार राइले  सम्पूर्ण दाता र सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ। नेपाली कम्युनिटीको सेन्टरको हाल सम्मको सफलताको रहस्य पश्चिम अमेरिका नेपाली महासंघ WANA को अध्यक्ष, एन ए एन सि का पूर्व अध्यक्ष Nepali Community Center (NCC) अध्यक्ष, तथा बिभिन्न संघ संस्थामा उच्च पदस्थ वरिष्ठ  समाजसेवी उत्तम कार्कीको नेत्रित्व हो भन्ने पर्यवेक्षकहरु बताउँछन। आफ्नो व्यवसायिक तथा व्यक्तिगत जीवनलाई समेत धरापमा पारी अहोरात्र खटेकोमा यहाँको समाज उहाँ प्रती ऋणी छ। उहाँको समाजसेवाको उच्च मुल्याङ्कन स्वरुप अमेरिकि राष्ट्रपती कार्यलय ह्वाइट् हाउस बाट प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्डबाट बिभुषित हुनु भएको छ। कम्युनिटी सेन्टरको सफलताको  रहस्य वारे प्रश्न गर्दा अध्यक्ष कार्कीले हात जोड्दै विनम्रता पूर्वक भन्नुभयो ” यो सफलता नेपाली एकताको सफलता हो, सहभागी संघ संस्थाहरु तथा सम्पूर्ण दाजु भाई दिदी बहिनिहरुको योगदानको फलस्वरुप हामी सफलताको नजिक पुगेका हौँ भन्दै सवै प्रती हार्दिक आभार प्रकट गर्नु भएको छ।

 

प्रतिक्रिया