भोजराज भटट र पुष्पा बोहराको ‘लै गै मेरो मन’ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ भदौ ३ गते १३:२४ मा प्रकाशित
काठमाडौं ,। मोडल चन्दा दाहाल , अकाल , निशान एस के र सरिना को रोमान्टिक अभिनय रहेको गीत ‘ लै गै मेरो मन’ को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा भोजराज भटट र पुष्पा बोहराको स्वर, लोक एयर र रविको संगीत र रमेश विक र रविनको शब्द छ । गीतमा जिवन बडुको एरेञ्ज र रयाप रहेको छ ।
डान्सिङ नम्बरको गीतमा चन्दा , अकल र सरिनाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई भ्वाइस अफ सुदुर पश्चिमको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भेनस फिल्मस प्रालीका प्रोपाइटर तथा चर्चित भिडियो निर्देशक निसान एस के को निर्देशनमा रहेको  भिडियोमा सन्तोष लामा, सुशिल डाँगीको छायांकन, प्रकाश  एस के को सम्पादन छ ।

https://www.youtube.com/watch?v=tB_eIrFU1ck

प्रतिक्रिया