पिएनपिखबर, भक्तपुर। खोला, नदिनाला, बाटो जे जति पनि फोहोर र प्रदुषित हुन्छन् ती सबै हामी मानिसकै कारणले गर्दा हुन्छ। फोहोर जथाभावी फाल्नु हुन्न भन्ने थाहा हुँदाहुदै फालिन्छन् अनि अलिअलि गरेर त्यस ठाउँमा फोहोरको थुप्रो भइसक्छ। फोहोर फालेपछि त्यसलाई व्यवस्थापन गर्नु पनि हाम्रै जिम्मेवारी हो। अहिले फोहोर व्यवस्थापन गर्नका लागि धेरै अभियानहरु पनि थालिएका छन्। त्यस मध्य ‘हनुमन्ते नदि सफाई अभियान’ पनि एक हो।
सूर्यविनायक नगरपालिकाको आयोजनामा केहि महिना अघि देखि ‘हनुमन्ते नदी सफाई अभियान’ सम्पन्न हुँदै आएको छ। विशेष गरी नदिनाला सफा गर्ने उदेश्यका साथ उक्त अभियानमा शुरु गरिएको हो। यस अभियानमा विभिन्न राजनीतिक दलका कार्यकर्ता, स्थानीय युवा, नगरपालिकाका सम्बन्धित व्यक्तित्व, सफाईदुत देखि चर्चित कलाकार साथै समाजसेवीले समेत हातेमालो गर्दै आएका छन्।
हालसालै सम्पन्न भएको ‘हनुमन्ते नदी सफाई अभियान’मा प्रमुख अतिथिको रुपमा उपस्थित भएकी निर्देशिका दिपा श्री निरौला उपस्थित भएकी थिइन्। यस सरसफाईमा जनस्तरलाई चेतना फैलाउने उद्देश्यले सन्देशमूलक ढंगले कलाकारलाई सहभागि गराइने गरिएको छ । सरसफाइमा सहभागी भएका व्यक्तिहरूले हनुमन्ते खोला वरिपरिको फोहोर उठाएका थिए।
दिपा श्रीले भनिन् , ‘हामि चलचित्र क्षेत्र कुरीतिहरुलाई सफा गर्दै छौ, यहाँहरुले आफ्नो ठाउँको नदि सरसफाई गर्दै हुनुहुन्छ। आफ्नो देश आफै बनाउने हो। हामी गु खाने नागरिक होइन स्यावासी खाने नागरिक हुनुपर्दछ। त्यसैले यो अभियान जारि छ। सबैलाई धन्यबाद, सादुवाद। हजुरहरु नै मुख्य पात्र हुनुहुन्छ यो अभियानको। ‘
उक्त सरसफाई अभियानको कार्यक्रममा दिपा श्री सँगै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीले पनि उपस्थिति जनाएका थिए। १०० हप्ता चल्ने यो अभियानमा नदी मात्र नभई सम्पूर्ण भक्तपुर जिल्लालाई नै सफा र सुन्दर बनाउने बताइएको छ।
प्रतिक्रिया