सुर्यास्तको छायांकन सकियो , मंसिरमा रिलिज
इनेप्लिज
२०७५ साउन ३० गते २१:५२ मा प्रकाशित

चलचित्र सुर्यास्तको आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ । आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधि घरमा आइटम गीत को छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा राइ पहिलो पटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो भइरहेको बताइन् ।

राज बस्न्यातको निर्माण निर्देशन रहेको यो चलचित्र सुर्यास्तमा किशोर खतिवडा , प्रज्वल गिरि , अप्सरा राइ , पनाह अधिकारी , रितेश श्रेष्ठ काजि रम्तेल लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र सुर्यास्तका गीतमा बिकाश चौधरी र जनम राइको संगीत रहेको छ । चलचित्रको कथा पटकथा पनाह अधिकारीले लेखेकि हुन् । चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।
प्रतिक्रिया