राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ हुने

इनेप्लिज २०७५ साउन ३० गते ११:१५ मा प्रकाशित

काठमाडौं – ‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन’ गर्ने उदेश्य सहित राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ आयोजना हुने भएको छ । ८ सेब्टेम्बर अर्थात भदौ २३ गते ‘इवीजा लाउन्ज’ ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्याम्प नाप्नेछन् ।

प्रवद्र्धन, ब्याबस्थापन गर्दै फेसन बारे सर्वसाधारणलाई जानकारी दिने उदेश्य फेसन नाइटको रहेको आयोजक इवीजा लाउन्ज प्रोपाइटर राजुु दनईले जानकारी दिए ।

पार्टीवेयर, वेडिङ लगायत थिममा ४ फेसन डिजाइनरले तयार गरेको बिभिन्न आधुनीक पहिरन मोडलले कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफीमा र्याम्पमा प्रस्तुत गर्नेछन् ।

इवीजा फेसन नाइटमा सहभागी हुने मोडल छान्ने उदेश्यले मंगलबार राजधानीमा मोडल सेलेक्सन अडिसन समेत भएको थियो । मोडल अभिनेत्री सृजना रेग्मी, सुपर मोडल सविता कार्की, मोडल मनचिज शाक्य, नेक्स्ट मोडल नेपालका सिइयो रवी धमला लगायत छनौट अडिसनको निर्णायकमा रहेका थिए ।

१४० बढि नयाँ तथा पुराना मोडल सहभागी अडिसन राउन्डबाट फेसन नाइटका लागि १४ महिला मोडल छानिएका छन् । उत्कृष्ट भन्दा पनि उत्कृष्ट मोडल फेसन नाइटका लागि अडिसन मार्फत छानिएको आयोजकको भनाई रहेको छ ।

प्रतिक्रिया