तीज गीत ‘उत्ताउली’ सार्वजनिक हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ साउन २७ गते २०:१६ मा प्रकाशित
रोशन पोखरेल , काठमान्डौ , २६
राज इन्टरटेन्मेन्टको प्रस्तुतिमा विरेन्द्र ढकालको तीजको गीत ‘उत्ताउली’ सार्वजनिक भएको छ । विरेन्द्र ढकालको शब्द सृजना तथा विनोद ढकालको  लय सिर्जना‘उत्ताउली’ बोलको तीज रहेको छ ।
विरेन्द्र ढकाल र एलिना खनालको आवाजमा सजिएको गीतमा प्रेम र सामिप्यताको आभास दिने किसिमका भावहरु समेटिएको छ । टिपिकल मौलिक शब्द सिर्जनामा गीत तयार पारिएकाले दर्शक तथा स्रोताले मन पराउने गायक विरेन्द्रले बताए ।
कृष्ण श्रेष्ठको छायाँकन , दिनसोन शाह को सम्पादन तथा राजिव दलार्मीको निर्देशन रहेको छ । गीतको भाव अनुसारको नित्य अञ्जली अधिकारी , सुमन अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया