क्यानेडियन नेवा गुथि ले ब्राम्प्टन नगरपालिका संगको सहकार्यमा “सम्ये बजी ” कार्यक्रम संचालन गर्ने

इनेप्लिज २०७५ साउन २६ गते २२:५५ मा प्रकाशित

क्यानेडियन नेवा गुथि ले यस बर्षको “सम्ये बजी ” कार्यक्रम ब्राम्प्टन नगरपालिका संगको सहकार्यमा गर्ने भएको छ । सो “सम्ये बजी” कार्यक्रम शनिबार , अगस्त २५ तारिखका दिन ब्राम्प्टनको चिन्गुकुजी पार्कमा गरिने र कार्यक्रममा यसपाली “सम्ये बजी ” प्रदर्शनको साथै धिमे बाजा, लाखे नृत्य, चर्या नॄत्यका साथै अन्य नृत्य , नेवा तथा नेपाली सांगीतिक प्रस्तुति, बिंङो खेल तथा अन्य बिबिध मनोरन्जनात्मक कार्यक्रम हुने ब्यहोरा गुथिका प्रबक्ता ले जनाएको छ।

सो सम्य बजि कार्यक्रम भब्य रूपमा संचालन गर्न गुथिले प्रत्येक बर्ष आयोजना गर्दै आएको “पटलक” बैठक हालै सिब्बाल्ड प्वाईन्ट प्रोभिन्सियल पार्क, सटनमा संचालन गरिएको थियो। गुथिको आफ्नो नियमित कार्यक्रम बाहेक गुथि परिवार र युबा सदश्यहरुलाई प्रकॄति र बाताबरण को महत्व बारे प्रत्यक्ष साक्षात्कार गराउन प्रत्येक बर्ष “पटलक” बैठक गरिने गरिएको हो ।

बैठकमा टोरोन्टो बिस्वबिद्यालयमा नेवाः बौद्द धर्म बिषयमा अध्यनरत तथा गुथि संग आबद्द ईयन टर्नर र नेपाल बाट आउनु भएका समाजसेवी अनन्त धौभडेलले पनि आआफ्नो बिचार ब्य्क्त गर्नु भएको थियो ।गुथिले यस बर्ष ब्राम्प्टन नगरपालिका को सामुदायिक कोष कार्यक्रम अन्तर्गत सहयोग प्राप्त गरेको हो ।

सो कार्यक्रम मा नेवाः खानाको स्वादको साथै तथा नेवाः नेपाली संस्कृति पनि अनुभुति गर्न पाईने भएकोले सबैको सहभागिता लागि गुथिले अनुरोध गरेको छ भने नगरपालिकाको सहयोग प्राप्त भएकोले बिगत्का बर्षहरु भन्दा सस्तो प्रति ब्यक्ति बयस्क लाई १२.०० डलर र ६५ बर्ष माथिका तथा बालबालिकाहरु (६-१२ बर्ष सम्म) लाई ८.०० डलर सहभागिता शुल्क निर्धारण गरिएको छ । सहभागिता दर्ता गुथिको वेबसाईट मा गएर यहि अगस्ट १५ भित्र गर्नु हुन पनि गुथिले अनुरोध गरेको छ ।

प्रतिक्रिया