बिपिन किरणको शब्दमा सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत सार्वजनिक

इनेप्लिज २०७५ साउन २४ गते २१:१५ मा प्रकाशित

काठमाडौँ : सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको सार्वजनिक भएको छ । अहिलेको तिजैमा बोलको गीतको भिडियोमा भण्डारीको आफ्नै स्वर र अभिनय रहेको छ ।

विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो । तिज भनेको विशेष गरी दिदि बहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको उनी बताउँछिन् । तीज पर्वमा रंगहरुको संयोजन, एक आपसबीचको रौनकता, मनमा छाउने उत्साह मलाई असाध्यै मनपर्ने पाटो हो, उनी भन्छिन् । रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।

भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन् । उनले यस अघि पनि बिपिन किरणको शब्दमा “मै कती भाग्यमानी” बोलको तीज गीत बजारमा ल्याएकी थिइन् । आफूलाई संगीतको सामान्य तर प्रतिवद्ध विद्यार्थी ठान्ने भण्डारीले छिटै नै आधुनीक गीतको एल्बम ल्याउने तयारी गरेको बताइन् । भण्डारी पेशाले सञ्चारकर्मी भए पनि उनको स्वरमा बेग्लै मिठास भएको र त्यो कुरालाई अब आउने एल्बमले समेत प्रष्ट पार्ने गीतकार बिपिनले बताए ।सञ्चारकर्मलाई पेशाको रुपमा अंगालेकी उनी भन्छिन्– पत्रकारिता मेरो पेशा हो भने गीतसंगीत शोख हो । भिडियो हेर्नुहोस :

प्रतिक्रिया