अभिनयमा विक्की कार्कीको आगमन

इनेप्लिज २०७५ साउन २४ गते ११:३२ मा प्रकाशित

मदनकृष्ण सिलवाल

काठमाडौँ । २३ साउन । दोलखाका विक्की कार्की पहिलोपल्ट ‘यो जिन्दगी’ नामक म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । उनलाई रेखा, सुमन र निरुताले अभिनयमा साथ दिएका छन् ।

केही वर्षअघि कुशल हिरो बन्ने आकांक्षा बोकी उनी राजधानी छिरेका हुन् ।

दोलखा तामाकोशी गाउँपालिका वडा नं. १ (तत्कालीन भीमकोट गाविस वडा नं. ८_ मा वि=सं= २०४४ सालमा नरबहादुर कार्की र आमा मानकुमारी कार्की सुपुत्रको रुपमा विक्कीको जन्म भएको हो । दुई दिदी र एक दाजुका भाइ विक्कीले प्लस टुसम्मको शिक्षा गाउँबाटै लिएर उच्च शिक्षा तथा अवसरको खोजी गर्दै राजधानी छिरेका हुन् ।

विक्कीले राजधानी छिरेपछि मीनभवन क्याम्पसमा वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । विक्की अहिले निर्माण व्यवसायमा संलग्न छन् ।

फुर्सदको समयमा कलाकारिता र समाजसेवामा समेत सक्रिय हुँदै आएका उनी अविवाहित युवा हुन् । पाख्रिन नृत्य कला केन्द्रबाट डान्स र अभिनय सिकेका उनले आफ्ना कलाकारिताको गुरु दिनेश पाख्रिन रहेको बताउँछन् । त्यस्तै केही समयसम्म द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठसँग पनि औपचारिक ज्ञान हासिल गरेको उनी बताउँछन् ।

यसको अतिरिक्त विक्की सानैदेखि खेलकुदमा रुचि राख्ने उनले सितेरियो कराँतेमा ब्लकबेल्ट समेत लिएका छन् । कलाकारितामा रियालिटी दिन सक्नुपर्ने कुरामा उनी विश्वस्त छन् । उनी चलचित्रमा समेत अभिनय गर्ने तयारीमा रहेको बताउँछन् ।

यो म्युजिक भिडियोमा शब्द समुन लेप्चा -वाङ्चु) को शब्द रहेको छ भने दीपेन याक्थुङ्वा ‘भेगा’को संगीत रहेको छ भने तारा लोप्साङ लिम्बूको सुमधुर स्वर सुन्न सकिन्छ भने विक्की कार्की, रेखा लिम्बू, सुमन लेप्चा (वाङ्चु) र निरुता लिम्बूको कुशल अभिनय हेर्न सकिन्छ ।

सन्तोष गुरुङले सम्पादन तथा निर्देशन गरेको यो म्युजिक भिडियोमा रोशन श्रेष्ठले छायांकन गरेका हुन् । क्यानभास प्लसले उत्पादन गरेको यस म्युजिक भिडियोको निर्माण ज्योति तामाङ -लेप्चा)ले गरेकी हुन् ।

 

प्रतिक्रिया