एनआरएनएको तेस्रो अफ़्रीका क्षेत्रीय बैठक कम्पालामा हुने

इनेप्लिज २०७५ साउन २३ गते १४:१२ मा प्रकाशित

कम्पाला , युगान्डा ।
गैर आबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी शहर कम्पालामा यहि डिसेम्बर २९- ३० , २०१८ मा आयोजना हुने भएको छ ।
एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार एनसीसी  युगान्डाले बैठक भब्य रुपमा आयोजना गर्न तयारी थालेको बताएका छन ।
दुई दिन सम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रम , नेपाली साहित्य गोष्ठी , र सास्कृतिक कार्यक्रम आयोजना हुने र दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या , प्रगति विवरण , अफ्रिकाको बाटो बाट हुने नेपाली मानव तस्करी , केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या  , अफ्रिकामा नेपाली कामदारको समस्या ,  अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्वुकृती , पासपोर्ट नविकरण आदिको समस्या र सामुहिक लगानी , नेपाल र अफ़्रिकिन देश बिच व्यापार , पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने जानकारी एनसीसी  युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेलले जानकारी गराउनु भयो ।             आयोजक रास्ट्र युगान्डाका आइसि सी सदस्य जीबनाथ पगेनीले युगान्डाका नेपालीहरु संसार भरका एनआरएन नेतृत्वलाई स्वागत गर्न तयार रहेको र बैठक भब्यरुपमा आयोजना गर्ने आफुहरु लागि परेको जानकारी दिनु भयो ।
संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले नैरोबी , दार ए सलाममा आयोजीत प्रथम र दोश्रो बैठकका एजेन्डा र निर्णय माथि समिक्षा गर्दै अफ्रिकामा रहेका नेपालीका समस्या र त्यसको न्यूनीकरण र नेपाल सरकारको थप उपस्थिति बारेमा छलफल हुने बताउनु भयो ।
बैठकमा एनआरएनएका अन्तरास्ट्रिय अध्यक्ष भबन भट्ट लगाएत पदाधिकारीहरु र विभिन्न देशबाट अतिथिहरु लगाएत अफ्रिकाका सबै एनसीसी बाट सहभागिताको अपेक्षा गरिएको छ ।
संघका युगान्डा अध्यक्ष भन्डारीका अनुसार उपाध्यक्ष बिनोद थापा , महासचिब रमेश शर्मा , सचिब गङ्गालाल खरेल र कोषाध्यक्ष मन्जुल पाठक लगाएत एनसिसी सदस्य र पदाधिकारीहरु कार्यक्रमको तयारीमा जुटीसकेका छन ।         .

प्रतिक्रिया