काठमाडौं – ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन् । शनिबार राजधानीको सोल्टीक्राउन प्लाजामा आयोजित छनौट चरणको अडिसबाट २५ युवा र २५ युवती अन्तिम चरणको अडिसनका लागि छानिएका हुन् । अडिसनमा २ शय बढि युवायुवतीको सहभागीता रहेको थियो ।
अभिनेता कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री, मोडल सृजना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, गतबर्षको उपाधि बिजेता बिक्रम आदित्य महासेठ, फष्ट रनरअप सिम्रन खड्का लगायत छनौट चरणको निर्णायक रहेका थिए ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।
प्रतिक्रिया