सरिता रावतको तीजको कोशेली “स्याउली सोत्तर ….” बजारमा

इनेप्लिज २०७५ साउन १७ गते १०:५८ मा प्रकाशित

शिशिर सिंखडा

चितवन, १७ श्रावण ।
गायिका सरिता रावतको दोश्रो प्रस्तुती “स्याउली सोत्तर …” बजारमा आएको छ । म्युजिक नेपालले बजारमा ल्याएको सो गीत गायिका सरिता रावत र उनकै भाइ केशव रावतको स्वर रहेको छ । लय तथा संकलन समेत केशव रावतको रहेको छ ।

“उर्लीमा आयो हापुरे खोली स्याउली सोत्तर बगाई लग्यो सलल
आमाले दिएको शिरै लाउने चन्द्रमा हेरन साथी हो शिरै भरी झलल”

भन्ने गीतमा पश्चिम नेपालको खोलानाला र जनजिब्रोको बोली मिसिएको भाका रहेको छ । दाङ्गमा माइती भई चितवनको कालिका नगरपालिका वडा नं. ६ मा घर भएकी गायिका रावतले आफू जन्मे हुर्केको गाउँको लोक भाका र शब्दलाई समेटेर सो गीत तयार भएको बताइन् । गीतमा भागिरथा गाहा मगरको नृत्य निर्देशन, सुरेश श्रेष्ठको छायांकन र नवीन घर्तीमगरको सम्पादन रहेको छ । संजीव ठकुरी र प्रियंका श्रेष्ठको अभिनय रहेको गीतको दृष्य निर्माण एडभेन्चर फिल्मस्ले गरेको छ ।
गायिका रावतको २ वर्ष अगाडि पनि तीजको गीत “चिलचिले पसिना” पनि बजारमा आइसकेको छ भने केही दिनमै उनको अर्को गीत
“तीजैको बेला मादलु बज्यो बादलु तालैले, मलाई नाच्ने बनायो”

समेत बजारमा आउने तयारीमा रहेको गायिका रावतले जानकारी दिइन् । उनको सो तीजको गीत यूट्युवमा समेत हेर्न सकिने उनले बताइन् ।

प्रतिक्रिया