स्कटनेपाल युके,
बिगत लामो समय देखि इजराइलमा बस्दै आउनु भएको समाज सेवी शरिन ख्युङ्वा तामाङको नेपाली समाज प्रतिको आवाज आज भोलि सामजिक संजालको भित्तामा जति पनि सुन्न र देख्न पाइन्छ, त्यति मात्र हैन उनि सामाजिक अभियन्ता पनि हुन् । अहिले उनि मिक्लाजुङ गापा वडा नम्बर ७ पाँचथर निबासी बर्ष २१ कि सबिता राइ जसको १० महिनाको छोरा रहेको र उनको दुबै मृगोेला फेल भइ हाल बिराटनगर कोशी अञ्चल अस्पतालमा उपचारार्थ अवस्थामा रहेकोे हुदा शरिनले सामाजिक संजाल मार्फत सहयोगको अपिल गरेको उनको स्टाटस उनकै फेसबुकको भित्तामा देख्न सकिन्छ । उनि भन्छिन तपाईं हाम्रो सानो सहयोगले एउटा् भाइले एउटा् दिदिलाइ गरेको उदाहरणिय योगदान जिवन्त रहन्छ त्यसैगरी त्यो सानो १० महिनाको बाबुले आमाको न्यानो काखबाट कहिल्यै बन्चित हुनुपर्ने अवस्था सिर्जना नहोस भन्नका लागि एकपटक पुनः तपाईं हामी सबै एक भै सानो आर्थिक सहयोग गरौ धन्यवाद ।
प्रतिक्रिया