प्रदीपको “अनिता “ सार्वजनिक

इनेप्लिज २०७५ साउन १५ गते १६:५० मा प्रकाशित

जुलाई ३१ ,शिव विष्ट, नर्थ क्यारोलिना ,अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका गाएक प्रदिप घिमिरेले ‘अनिता ‘ नामक म्युजिक भिडियो आज सार्वजनिक गरेका छन् ।

नेपाली आधुनिक तथा पप गीत संगीतलाई विश्वब्यापी रुपमा पहिचान गराउन हालसालै मात्र स्थापित अग्नि बैण्डका मुख्य गाएक घिमिरेले आफ्नो दोस्रो कोशेली स्वरूप नेपाली संगीत प्रेमी दर्शक/श्रोतासामू सो म्युजिक भिडियो प्रस्तुत गरेका हुन् ।आफ्नै जीवन संगिनी अनिताको माया , प्रेम र गुनासाहरुलाई उनले सांगीतिक शब्दमा बर्णन गरेका छन् ।

” माया अनि झगडा कति कति …….., हाम्रो सम्बन्धको रित छ यस्तै यस्तै …….. ”गीतको भिडियोमा नेपाली सांगीतिक आकाशका लोकप्रिय गायक हिमाल सागर र सिमोना सुबेदी फिचरिङ गरिएको छ ।

सिमा भुर्तेल , सुसन कोईराला , संजय तामांग र अमीर मगरको समेत अभिनय रहेको सो
म्युजिक भिडियोको कोरियोग्राफी संजय तामांगले गरेका छन् भने गीतको छायांकन चक्र महर्जन र रमेश पौड्याल ( अमेरिका ) ले गरेका छन् ।

काठमाण्डौ , ललितपुर र अमेरिकामा छायांकन गरिएको सो गीतको रचना साहित्यकार तथा गीतकार डा. अनुप श्रीवास्तवले गरेका हुन् भने संगीत र निर्देशन राहुल प्रधानले गरेका छन् । बिजेश पौड्यालको सम्पादन रहेको सो म्युजिक भिडियो गाएक घिमिरेले आफ्नै यु टुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

एउटा मायालु जोडीको वास्तविक जीवन कहानीलाई चित्रण गरेको सो म्युजिक भिडियोले सबैको मन छुने कुरामा प्रस्तुतकर्ता अनिता घिमिरे र गाएक प्रदिप घिमिरे आशाबादी छन् ।

प्रतिक्रिया