गायिका गीता बस्नेतले नियतमै खोट भएको मान्छे भेटेपछि (भिडियो सहित)

इनेप्लिज २०७५ साउन १५ गते ११:१५ मा प्रकाशित

झापा । कति पय मान्छेलाई नियतिले फसाउँछ भने कतिलाई मान्छेको नियतले पनि प्रभाव पार्छ । नियतिले दिएको चोट बरु मान्छेले बिर्सिन सक्ला तर नियतले दिएको चोट सहन र बिर्सिन कठिन पर्छ । यस्तै कठिनाईको सामना गरेकी छिन् नव गायिका गीता बस्नेत (निसु) ले । उनले यस्तो कठिनाईको सामना गर्ने माध्यम बनाएका हुन् गीतकार नबिन चापागाईं तथा संगीतकार ताराबीर पाण्डेले ।

आफुमा भएको योग्यता र क्षमता देखाउँन काठमाडौं उपत्यका नै बस्नु पर्दैन भन्ने उदाहरण स्वरुप गायिका बस्नेतको स्वर रहेको “तिम्रो नियतमै खोट रहेछ”को भिडियो मोफसलको बिर्तामोडबाट सार्वजनिक गरिएको छ । काठमाडौंमा रहेको स्टुडियो यमन प्रा.लि.ले सोमबार यस्तो कार्यक्रम गरेर उदाहरण प्रस्तुत गरेको छ भने स्टुडियोका सञ्चालक गायक तथा संगीतकार ताराबीर पाण्डेले यस्ता अन्य कार्यक्रमहरु पनि बिस्तार गरिने बताएका छन् ।

एल्वम विमोचनको लागी आयोजित उक्त कार्यक्रममा संगीतकार शिवशंकर थापा, साहित्यकार देवीभक्त श्रेष्ठ, स्टुडियोका सञ्चालक पाण्डे, साहित्यकार विवश बलिभद्र कोइराला लगायत गायक, संगीतकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गायिका बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘तिम्रो नियत मै खोट रैछ’ लगायत ‘सुरुवात’ एल्बममा अन्य चारवटा गीत रहेका छन् , ‘परदेशबाट आएपछि’, ‘ओएकाली ओएकाली’ गरी तीनवटा गीतमा गीताको स्वर रहेको छ भने । ‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा ताराबीर पाण्डेले उनलाइ साथ गायनमा साथ दिएका छन् । सवै गीतमा ताराबीर पाण्डेको संगीत सृजना रहेको छ भने, योगेस काजीको संगीत संयोजन रहेको छ ।

झापाको अर्जुनधारा १ निवासी गायिका बस्नेतको सबै गीत उत्कृष्ट रहेको तथा एकल लगानीमा निर्माण भएको हुनाले यस्ता साहित्य सिर्जनालाई राज्यले सम्मान गर्नु जरुरी रहेको संगीतकार थापाले बताए । कार्यक्रममा संगीतकार थापा र पूर्वाञ्चल आइडल प्रेम आङ्देम्बेलाई नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । गायिका बस्नेतको पहिलो तथा उत्कृष्ट गीत रहेको भन्दै सांगीतिककर्मीले उनलाई हौसला तथा सम्मान गरेका छन् ।

उक्त कर्यक्रममा ‘तिम्रो नियत मै खोट रैछ’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो। भिडियोमा हालै सम्पन्न मिस टिन दमककी बिजेता कृतिका दाहाल र मिली आङदेम्बेको अभिनय रहेको छ । यो भिडियोनै उनिहरूको डेभ्यू भिडियो भएता पनि उनिहरूको अभिनयमा खोट लगाउँने ठाउँ देखिदैन ।  उनिहरूलाइ अभिनयमा साथ दिएका छन मधु न्यौपानेले साथ दिएका छन् । । झापाकै विभिन्न रमणीय स्थानहरुमा खिचिएको यस भिडियोमा  सोम मग्रातीको श्रृंगार तथा तिलक रिजालको छायंकनलाई शिशिर बुडाथोकीको सम्पादन गरेका छन् भने माफसल र उपत्यकामा बराबर आवत जावत गरिरहेका सञ्चारकर्मी तथा फिल्मकर्मी ज्ञानेन्द्र कोइरालाले भिडियोको निर्देशन गरेका छन् ।

बाँकी यो भिडियो लिंकमा

https://www.youtube.com/watch?v=-5EkKef4EQk

प्रतिक्रिया