छक्का पञ्जा-३ को गीत ‘पहिलो नम्बरमा’

इनेप्लिज २०७५ साउन १४ गते १०:४१ मा प्रकाशित

काठमाडौँ । आउँदो दशैँमा प्रदर्शन गर्ने तय भएको चलचित्र छक्का पञ्जा–३ को गीत सार्वजनिक गरिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी ‘भान्जा’ र संजोग कोइरालाको नृत्य छ ।

दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना रहेको छ भने डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले खिचेका छन् ।

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा अधिकांश पुरानै कलाकारहरु दोहोरिएका छन् । गीतको छायाँकन एक साता लगाएर गोकर्ण र नर्लिङ रिसोर्टमा गरिएको थियो ।

प्रतिक्रिया