नेपाली बिद्यार्थीलाई चाइनिज भाषा सिकाउने चाइनिज शिक्षिकाको यस्तो रोचक लभस्टोरी [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ साउन १० गते ११:१३ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। दक्षिण एसियाली देशहरूका विद्यालयमा चिनियाँ भाषा सिकाउने चीन सरकारको नीति नै छ। त्यही नितिअन्तर्गत चीना सरकारले आफ्ना देशका स्नातक उत्तीर्ण विद्यार्थीलाई सबै खर्च व्यहोरेर स्वयंसेवक रूपमा भाषा शिक्षक नेपाल पठाएको हो । उनीहरूले भाषासँगै चिनियाँ संस्कृतिका बारे ज्ञान दिन्छन् ।

बालकोट भक्तपुरमा रहेको माउन्ट भ्यु इन्ग्लिश बोर्डिंग स्कुलका विद्यार्थीहरू कक्षामा चिनियाँ भाषा बोल्छन् । उनीहरूलाई चिनियाँ शिक्षिका छ्यङले चिनियाँ भाषा मात्रै होइन चिनियाँ संस्कृति, खानपिन समेत सिकाउँछिन्।

छ्यङ चिनबाट नेपालमा चिनियाँ भाषा सिकाउन कै लागि भनेर आएकी थिईन्। उनी एक संथा मार्फत भोलुन्टिएरको रुपमा आएकी हुन्। यो भन्दा अगाडी पनि उनी नेपाल आइसकेको उनी बताउछिन्। अहिले उनको यो नेपाल भ्रमण दोस्रो पटक हो।

विद्यार्थीहरू पनि उत्साहित हुँदै विदेशी शिक्षकासँग चिनियाँ संस्कृति सिकिरहेको छेन बताउछिन्। उनलाई नेपाली भाषा भने एकदम कम मात्रामा आउछ। नेपालि शब्द ‘नमस्ते’ , ‘मासु’ जस्ता शब्द मात्र उनलाई थाह छ। विद्यार्थीलाई उनले अंग्रेजीबाट अनुवाद गरेर चिनियाँ भाषा सिकाउने गर्दछिन्।

चिनिया भाषा सिकेपछि प्लस टु गरेर उच्च शिक्षा हासिल गर्न चिन जान पनि सहज हुने, चाइनिज गाइडको लागि लाभदायी हुने जस्ता थुप्रै फाइदा हुने भएकोले चिनियाँ भाषा सिक्न जरुरत भएको छेन बताइछिन्।

नेपालका विद्यार्थी चिनका विद्यार्थी भन्दा चलाख हुने र छिट्टै बुझ्ने रहेछन् भन्छिन् छेन। आफुलाई यसरि नेपालमा चिनियाँ भाषा सिकाउदा खुसि लागेको बताउछिन् उनी। भर्खरै आएको हुनाले उनलाई खासै नेपाली भाषा बोल्न आउदैन। तर अंग्रेजी भाषा भने उनी मज्जाले बोल्छिन्।

रमाइलो कुराकानी गर्दै छेनले आफु केहि समय अगाडी अफेयरमा रहेको तर अहिले छुटिसकेको बताइन्। पिएनपिखबरले नेपाली केटासँग बिहे गर्ने त भनेर सोध्दा उनले नाई मलाई नेपाली केटा मन पर्दैन। म त आफ्नै देशको केटासँग बिहे गर्ने भनेर ठट्टा गर्दै भनिन्।

प्रतिक्रिया