रविना वादी जस्ता सयौँ दुखीलाई आश्रय दिने यी महामानव [हेर्नुहोस भिडियो सहित]

इनेप्लिज २०७५ साउन १० गते १०:४८ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : काठमाडौँको सामाखुशीमा २०६९ सालबाट संचालित मानव सेवा आश्रम पिडामा परेका व्यक्तिहरुको लागि सहाराको केन्द्र बनेको छ। यस मानव सेवा आश्रममा करिब ६० जना व्यक्ति रहेका छन्। वेसहारा तथा सडकलाई ओछयान मान्न बाध्य व्यक्तिहरुको लागि यो मानव सेवा आश्रम सहारा बन्दै आएको छ। अशक्त र मानसिक रोगी नागरिकको संरक्षणका लागि काम गरिरहेको मानव सेवा आश्रमले प्रभावकारी काम गर्न सफल भएको छ ।

त्यस्तै बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रविना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ । मानवसेवा आश्रमका प्रमुख सुमन बर्तौला भन्छन,’हरेकको पिडा, समस्या हेर्ने हो भने रविनाको भन्दा माथि नै छ। हामी सडक पेटीलाई विछ्याउना बनाएर बसेका, खानको लागि अन्न नभएको घरपरिवार विहिन, अनाथ, अशकवर्गको लागि आश्रय दिन्छौ।दिन्छ।’

श्रीमान पिडित रविनाको अघिल्ला दिनको दुख विर्साउन नसके पनि आश्रमले उनलाई सहज जीवन दिनुको साथै बच्चाको उपचार पनि गराउने आश्रम प्रमुख सुमनले बताए ।

सामजिक अभियानता सुमनले यो उनको नितान्त रुपले व्यक्तिगत रोजाई भएकै कारण स्वइच्छाले समाजमा केहि गर्नु पर्छ भन्ने भावना रहेको हुँदा समस्या र चुनौतीहरु धेरै आउँदा पनि उनी र उनको टिम डटेर सामना गर्दै आएको बताए। बेसहारा मानिसको जीवनमा आशाको किरण आउँदा संसारमा कुनै पनि पद, पैसाले किन्न नसकिने आनन्द र सन्तुष्टी मिल्ने उनको भनाई छ।

मानव सेवा आश्रमको शुरुवातको समय काहालीलाग्दो रहेको उनले बताए। उनी भन्छन,’त्यससमय बेसहारा भएर बसेका मानिसलाई वैकल्पिक तरिकाबाट उनीहरुको व्यवस्था गरिन्थ्यो। जसलाई एउटा नगरपालिकाबाट अर्को नगरपालिकामा लाग्ने देखि जङ्गलमा समेत लगेर छाडेको घटनाहरु भएको पाइन्छ। तिनीहरुलाई हेर्ने दृष्टिकोण पनि फरक छ। त्यति बेला कतै ६० वर्ष माथिको लागि त कतै १८ वर्षमुनिका लागि मात्र आश्रम थियो। त्यसकारण हामीले सडकमा बसेका मानवको लागि आश्रम खोलेका हौ।’

उनी भन्छन,’डाक्टर, इन्जिनियरभन्दा पनि एउटा सच्चा समाजसेवीको खाँचो छ।’ मानव सेवा आश्रम विभिन्न क्षेत्रमा रहेकोले इच्छुक व्यक्तिले नजिकको आश्रममा उनले निमन्त्रणा दिनुको साथै मानवताको प्रवर्दनको महाअभियानमा सहभागी हुनको लागि अनुरोध व्यक्त गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया