बुगीवुगीबाट बाहिरिएका रबिन अन्तर्वार्तामै यसरी भक्कानिए, प्रियंकालाई छोडे यस्तो संदेश

इनेप्लिज २०७५ साउन ८ गते ११:०७ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। विराटनगर रानी मिल्श एरीयाका एक मात्र प्रतिस्प्रधी रविन भुजेल एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी शो ‘बुगी वुगी’को टप फोरमा आईपुगेर बाहिरेका छन् ।

तनहुँकी चेली प्रगती पुन मगर, कविता नेपाली र काभेपलाञ्चोकका सरोज मोक्तान अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी वुगीको फाइनल प्रवेश गरेका छन् । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनीहरु बुगी उगीको फाइनलिस्ट बन्न सफल भएका हुन् ।

बुगीवुगीको टप थ्रीका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्यका बावजुद बिराटनगरका रविनको यात्रा सकिएको हो । रबिनको कलात्मक नृत्यकै कारण फ्यान र दर्शकहरको नजरमा समेत उनी प्रिय थिए । तर शुक्रबार राति टप थ्रीका लागि भएको नृत्यको कडा प्रतिस्पर्धामा रबिनको यात्रा टुंगिएको हो ।

बुगी वुगीको यात्रा टुंगिए पनि उनको जीवनमा नृत्यको यात्रा भने टुंगिएको छैन। उनी अझै आफ्नो नृत्य प्रस्तुति कसरी रोचक र उदाहरणीय बनाउने भनेर सधै प्रयासरत रहने बताउछन्।

विराटनगरका रबिन भुजेल आफूले सानै देखि दुख झेलेर हुर्किएको बताउँछन्। बुगीवुगी आफ्न छोराले जितोस भनेर उनकी आमाले रिक्सा, साइकल छाडेर भए पनि पर्चा बढेको धेरै दुख गरेको बताउछन्। उनी बहिरे लगत्तै उनकी आमा धेरै रोइन् भनेर उनले भावुक हुदै बताए। अब घर जाने बित्तिकै उनलाई आमालाई अंगालो हालेर, आमाको स्नेही काखमा आराम गर्नु छ भनेर उनले आफ्नो इक्षा सहितका भावना समेत व्यक्त गरे।

बाल्यकाल देखि नै उनले जीवनमा धेरै दुख झेल्नु परेकोले पनि उनको जीवनमा बुगी वुगी कार्यक्रमले नयाँ मोड ल्याइदिएको छ , जसले गर्दा उनी उत्कृष्ट ४ पछि बाहिरिंदा पनि आफ्नो उपलब्धि ठान्छन्। यो उपलब्धी तथा दर्शकको मायालाई अझ उचाइमा पुर्याउनको लागि अब आफूले थप मेहनत गर्ने उनी बताउँछन् ।

उनी बुगीवुगीबाट बाहिरिए पनि उनले आफुलाई जितेको सरह मानेका छन्। उनले पटक्कै हरेश खाएका छैनन्। उनको प्रतिभाको कदर गर्दै उनलाई अहिले नै प्रस्तुतीको लागि देशविदेशबाट कार्यक्रमको लागि अफर आइरहेको समेत उनले खुलासा गरेका छन् ।

रविन भुजेलले नृत्य मार्फत मात्र नभई अभिनय कला मार्फत पनि दर्शकको मन जितेका छन् । नृत्यमा मात्र नभएर उनी क्यारीकेचर गर्नमा पनि एकदम अब्बल छन्। उनको यो अर्को कलाले पनि उनलाई रुचाउने धेरै दर्शक छन्।

दर्शकले आफ्नो अभिनय प्रस्तुती मन पराएका कारण अब अभिनयमा पनि अगाडी बढ्ने योजना बनाएको उनी बताउँछन् । त्यसको लागि काठमाडौंमै बसेर अभिनय कक्षा लिने उनको अबको योजना रहेको छ।

प्रतिक्रिया