नवरत्न पुरस्कारको घोषणा

इनेप्लिज २०७५ साउन ८ गते १:११ मा प्रकाशित

 

समाचारदाता
२३ जुलाई/ अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको संयोजनमा स्थापित “नवरत्न पुरस्कार”बाट यसबर्ष विभिन्न क्षेत्रका नौ महिला पुरस्कृत हुने भएका छन् | नेपाली साहित्य, संगीत, समाजसेवा , कला र व्यबसायमा संग्लग्न सफल महिलालाई सम्मान तथा प्रोत्साहन स्वरूप प्रत्येक २/ २ बर्षमा दुई सय अमेरिकी डलर नगद सहित सम्मानपत्र प्रदान गर्ने गरिन्छ |

यसपटक नायिका मनिषा कोइराला, गायिका हरिदेवी कोइराला , साहित्यकार उन्नती बोहोरा शीला, पुनम काफ्ले र लक्ष्मी माली , समाजसेवी तुलसीदेवी राई ,व्यवसायी मीना खड्का क्षेत्री , र कला खरेल तथा युवा रंगमंच निर्देशक सम्पदा मल्ललाई पुरस्कृत गरिने भएको छ | यसका साथै जापान बसेर लामो समयदेखि सितार बादनमा संलग्न सुष्मा ओमातालाई “अनेसास नवरत्न विशिष्ट साधक सम्मान”द्वारा सम्मानित गरिने छ भने बालसाहित्यका क्षेत्रमा समर्पित बिमला निरौलालाई ” अनेसास बाल साहित्य सम्मान ” द्वारा सम्मानित गरिने भएको छ |

अनेसासका पूर्व अध्यक्ष गीता खत्रीको संयोजनमा समालोचक लीला लुइँटेल र अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजा सदस्य रहेको समितिले उक्त निर्णय गरेको हो | पुरस्कार तथा सम्मान जुलाई २९ मा अमेरिकाको न्युयोर्कमा मनाइने २०५ औ भानु जयन्तीका अवसरमा प्रदान गरिने छ |

प्रतिक्रिया