‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीलाई !

इनेप्लिज २०७५ साउन ७ गते २३:१० मा प्रकाशित

काठमाडौं –सौदर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सियिर र सारिकाले जुनियर तर्फको ताज चुमेका हुन् ।
जेनिथ इन्टरटेन्मेन्टले इप्लानेटसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सिनियर तर्फकी सुभासिनी काफ्ले फस्टरनर चुनिदा जुनियर तर्फकी अर्या पाण्डेले पब्लिक भिवर च्वाइस उपाधि हात पारिन् । सबै बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

तिन्कुनेस्थित रोयल इवेंट्समा आइतबार अबेर सम्पन्न प्रतियोगितामा हिडेन ट्रेजरकी प्रतिमा कक्षेपती, फोटोग्राफर राजभाइ सुवाल, अभिनेता रेश मरहट्ठा, स्टालिस्ट सोनिया गुरुङ, फोटोग्राफर केर्विन रंजनिकर, गायक निर्णय श्रेष्ठ र मिडिया ट्रेनिंग हाउसका निक शाक्य निर्णायकमा रहेका थिए ।

 

निशा पाठकको कोरियोग्राफी रहेको प्रतियोगिता प्रत्यक बर्ष नियमित रुपमा आयोजना गरिने आयोजक जेनिथका विक्रम सिंह मैनालीले बताए ।

प्रतिक्रिया