नेपाल्स चबि मोडल २०१८ को बिजेता बन्न सफल भईन जिना राजकर्णिकार

इनेप्लिज २०७५ साउन ७ गते ११:०३ मा प्रकाशित

काठमाडौँ : नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स चबि मोडल २०१८ दोस्रो सिजनको बिजेता बन्न सफल भएकी छिन जिना राजकर्णिकार l राष्ट्रिय नाचघर जमलमा भब्य रुपमा सम्पन्न भएको नेपाल्स चबि मोडल २०१८ प्रतियोगितामा करीब एक महीना लामो प्रशिक्षणपछि अन्य ८ जना प्रतियोगीहरुलाई पछि पार्दै जिना राजकर्णिकारले उक्त ताज जित्न सफल भएकी हुन भने फर्स्ट रनरअप सुनिधि कार्की र सेकेण्ड रनरअपमा सोसियल ताम्राकारले उपाधि हात पार्न सफल भएका छन l त्यसैगरी मस्ट पपुलरको ताज सच्चु गुरुङले जित्न सफल भएकी थिइन् l

पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१८ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको र उक्त कार्यक्रम सभ्य तथा भब्य तबरले सम्पन्न गरिएको जानकारी सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन l

उक्त प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, चलचित्र निर्देशक समाज नेपालको अधक्ष्य सुचित्रा श्रेष्ठ समाजसेवी कृष्ण देबकोटा, संचारकर्मी सन्जिब झा, संचारकर्मी जिना ताम्राकार रहेका थिए l

उक्त सौन्दर्य प्रतियोगितामा क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाइ उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको र यस सौन्दर्य प्रतियोगिताले गर्दा समाज परिबर्तनमा सकारात्मक संदेश पुग्ने कुरा सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले बताए l उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर नेपाल्स स्टार मोडलका बिजेता द्वय आशिष कुमार मिश्रले गरेका थिए भने कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर आस्विनी झाले गरेका थिए l

प्रतिक्रिया