वास्तबिक घटनामा आधारित मेनुका पौडेलको गीत तिमी मरेर सार्वजनिक ।

इनेप्लिज २०७५ साउन ६ गते १०:३१ मा प्रकाशित

गीतकार राजबाबु श्रेष्ठ ‘सागर ‘ को वास्तविक घटनामा आधारित गीत तिमी मरेर गयौ भन्ने सार्वजनिक भएको छ । गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र  बजारमा ल्याउने काम भने भर्खरै भएको छ । गीतकार राजबाबुका मार्मिक शब्दहरुमा संगीतकार सागर अधिकारी ‘शरद’ले अतिनै मिठो संगीत भरेका छन भने बि बि अनुरागीको  संगीत सम्योजन न्यायपूर्ण छ । नेपाल आइडल प्रतियोगी र सबैको मन मनमा बस्न सफल मेनुका पौडेलले यो गीतको भाव अनुसार नै गीतलाई गाएर न्याए गर्न सफल भएकी छिन । यो गीतको सम्पूर्ण टिमले नै दर्शक, श्रोताहरुले गीत मन पराउने आशा ब्यक्त गरेका छन ।

प्रतिक्रिया