बुगीवुगीबाट बाहिरिएपछि प्रतिष्ठा पौडेलले खोलिन कबिता नेपालीदेखि सबै प्रतिष्पर्धीको पोल [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ असार ३१ गते ११:२५ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ मा धेरैले आफ्नो कला देखाउने अवसर पाएका छन्। अहिले भने यस शो मा टप फाइभ मात्र सहभागी छन्। उक्त शो को टप सिक्समा पुगेर प्रतिष्ठा पौडेल बाहिरिएकी छन् ।

बुगीवुगीको टप फाइभका लागि भएको प्रतिस्पर्धामा पछि पर्दै उनी घर फर्किएकी हुन् । शुक्रबार राति टप फाइभका लागि भएको नृत्यको कडा प्रतिस्पर्धाका क्रममा प्रतिष्ठा बाहिरिएकी हुन् ।

दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा प्रतिष्ठा सबैभन्दा तल पर्दै बाहिरिएकी हुन् । अब टप फाइभका प्रतिस्पर्धीका लागि आगामी बिहीबार साँझ आठ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि भोट गर्ने समय तोकिएको छ ।

टप फाइभमा अब कबिता नेपाली, प्रगति पुन, रबिन भुजेल, सरोज मोक्तान र श्रृष्टि महर्जनबीच प्रतिस्पर्धा हुनेछ । प्रतिष्ठा बाहिरीए पनि उनको नृत्यको यात्रा भने टुंगिएको छैन। उनी भनाई अनुसार उनी बाचुन्जेल नृत्यलाई आफ्नो अभिन्न अंग बनाएर अघि बढ्ने छिन्।

सानै देखि उनी नृत्यमा रुचि राख्द्थीन्। उनको घरपरिवारले अनि उनलाई उनको इक्षामा कहिले रोकतोक नगरेको उनी बताउछिन्। विद्यालय जीवन देखि नै एक्स्ट्रा याक्टिभीजहरुमा उनले भाग लिने र कत्ति कार्यक्रममा त उनी जित हासिल पनि गर्थिन्।

बुगी वुगीको टाइटल जित्न असफल भएता पनि यस शो ले थप नृत्यमा अनुभव बटुल्न पाएकोमा उनी खुसी छिन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया