सपनलाई मिडियामा ल्याउने युवती पनि अन्तरबार्तामा, यसरि जुट्दैछ सहयोग (हेर्नुस भिडियो सहित)

इनेप्लिज २०७५ असार २९ गते ११:२६ मा प्रकाशित
ईटहरी/ केहि दिन अघिबाट युट्युबमा आफ्नो प्रतिभा प्रष्फुटन सहितको अन्तरबार्ता सार्बजनिक पछि यतिबेला सपन श्रेष्ठ देश बिदेशमा छाईरहेका छन् । नेपाल सहित देश बाहिरबाट उनलाई सहयोग गर्नेहरु अघि सरिरहेका छन् भने उनको गायन कलाको प्रसंशा गर्नेहरुको पनि कमि छैनन् । अहिले उनि फेरी एकपटक मिडियामा आफ्नो कुराहरु राख्दै आएका छन । यस पटक भने उनि संगै उनलाई मिडियामा ल्याउन सहयोग गर्ने युवती मुना खडका पनि अन्तरबार्तामा देखिएकी छिन । हेर्नुस उनि र मुना खड्का संग गरिएको अन्तरबार्ता ।
सपनाको छिट्टै पहिलो गीत रेकर्ड हुदैछ । सार्बजनिक अन्तरबार्तामा पहिलो चरणमा सहयोग गर्नेहरुको पनि जानकारी गराईएको छ । आफ्नो पनि गायिका बन्ने सपना भएको बताउने उनि तर यो क्षेत्रमा अगाडि बढ्न नसक्ने कुरा सुनाउछिन । कला हुदा पनि पैसा अभाबले गला भासिए सरह भएका सपन श्रेष्ठको गायिकी बाहिर आएपछि धेरैले उनलाई चासोको साथ् हेरेका छन् । एकै दिनपनि संगीतको अनुभब नलिएका उनले हाई लेभलको गीतहरु पनि निकै मज्जाले गाउन सक्छन । यो देखेर धेरैले नेपालि सांगीतिक आकाशमा उदाउने गायकको संज्ञा दिएका छन् ।

प्रतिक्रिया