डाक्टरको गलत औषधीले दुवै आँखाको दृष्टि गुमाएकी रेनुका उपचार रकम संकलन गर्न यस्तो गीत रेकर्ड गर्दै [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ असार २९ गते १०:५१ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। झापा धुलाबारिमा जन्मेहुर्केकी रेनुका राई कुनै गायिका भन्दा कम छैनन्। ९ बर्षकाे उमेरमा जन्डिस लागि उपचार गर्दा गलत अाैषधिकाे असरले दुबै अाखाँकाे जाेति गुमाउन पुगि डाक्टरहरुकाे सल्लाह अनुसार रकम जम्मा गर्न सके उपचार गर्न सम्भब भएकाेले हाल अाखाँ उपचारकाे लागि विभिन्न स्थान शहरहरुमा मधुर अावाजमा गित गाउदै उनी सहयाेग सङ्कलन गरिरहेकि छिन्।

एक समय बाटोमा गीत गाउदै अाफ्नो अाखाको उपचारको सहयोग मागिरहेकी रेनुका राईले अन्ततः अाफ्नो स्वरमा गीत गाउन पाउने भएकी छन्। उनी कुनै समय आफ्नो आखा उपचार गराउनको निमित्त सडकसडकमा समेत आफ्नो सांगीतिक यात्रा बढाउने गर्थिन्। त्यसैक्रममा उनको ‘तुझ्से नाराज नही जिन्दगि ‘ बोलको हिन्दि गित भएको थियो।

‘प्रवासमा हामी भिन्न छौ’ भन्ने नाराका साथ मलेसियामा स्थापित मञ्जरी थिएटर ग्रुप र प्रवासमा रहेर पनि तामाङ्ग भाषा सँस्कृतीको रक्षा गर्न स्थापित नेपाल म्हार म्हेन्दो तामाङ्ग कलाकार सङ्घको संयुक्त प्रयासमा गायिका रेनुका राईले अाफ्नै स्वरमा गीत रेकर्ड गराउदैछिन। गायिका तथा सङ्गितकार चन्द्रकला राईले निशुल्क सङ्गित भरेकी यस गीतमा गायक तथा मोडल गीतकार विशाल बेघाको शब्द रहेको छ।

आँखाको ज्योति गुमाएकि उनै गायीकालाई यो गित गाउने अबसर प्रदान गर्ने अरु कोहि नभएर मञ्जरी थिएटर ग्रुप मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ्ग कलाकार संघ मलेसियाले यो अवसर प्रदान गरिदिएको हो।

गीतबाट अाउने सम्पुर्ण पैसा उनको अाँखाको उपचारको लागि खर्च गरिने भएको छ।

” सबैथोक दियौ ईश्वर ज्योति खोसेर !

सँसार हेर्ने दुईटा मेरो मोति खोसेर !!”

माथिको गीत अब छिटैनै दृष्टिविहिन गायिका रेनुका राईको स्वरमा सुन्न पाईने छ।

प्रतिक्रिया