अन्जु पन्त एकल साँझ कार्यक्रम बोस्टनमा हुने

इनेप्लिज २०७५ असार २७ गते २३:५६ मा प्रकाशित

विजय थापा ,डिसी ,लोकप्रिय गायिका अन्जु पन्त एकल साँझ कार्यक्रम बोस्टनमा हुने भएको छ । अन्जु पन्त एकल साँझ बोस्टन नामक कार्यक्रम आगामी जुलाई २२ तारिख आइतबारका दिन हुने छ ।

उनको एकल साँझ कार्यक्रम बोस्टनको आर्लिंगटन शहर को रिजेन्ट थिएटर (रंगशाला)मा हुने छ भने कार्यक्रम ठिक ६:३० बजे सुरु हुने आयोजकले जनाएका छन् ।

अन्जु पन्तको अमेरिका तेश्रो पटकको यात्रा हो भने यस पटक अलिक लामो बसाईको साथै विभिन्न राज्यहरुमा आफ्नो प्रस्तुति गरि रहेकी छिन् । उनि गत मे महिनामा सम्पन्न युनाईटेड नेप्लिज सम्मेलनको लागि अमेरिका बिशेष प्रस्तुति को लागि आएकी हुन् ।

बोस्टनमा हुने उक्त कार्यक्रम हिमालय हेरिटेज कल्चरल एकडेमी ले प्रस्तुत गरेको हो भने बोस्टनका विभिन्न सामाजिक संस्थाहरु जीएनबिसी ,पशुपति बुद्ध फाउन्डेसन ,नेपाल वुमेन ग्लोबल नेटवर्क (न्यु इंग्ल्याण्ड शाखा ) ,जात्रा नेपाल , ए ब्रोड नेपाल ईन्टरटेन्टमेन्ट ,कोशेली इभेन्ट्स युएसए तथा सौगात ईन्टरटेन्टमेन्ट को सहयोगमा हुने छ ।

प्रवेश शुल्क $ २५ डलर छ भने कार्यक्रम स्थलमा टिकट किन्दा $ ३० डलर पर्ने आयोजकले जनाएका छन् । उन्ले न बिर्सें तिमीलाई…, म तिमि बिना मरिहाल्छु, सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमि रोएको पल लगायत चर्चित गीतहरु गाउने छिन् । बोस्टनका श्रोता तथा दर्शकले उनका कालजयी गीत सुन्ने र नाच्ने अवसर समेत पाउने भएका छन् ।

प्रतिक्रिया