उत्कृष्ठ डान्सिङ कभर भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

इनेप्लिज २०७५ असार २६ गते २३:०९ मा प्रकाशित
रोशन पोखरेल ,काठमान्डौँ असार २६  । युवा पुस्तामा निकै राम्रो  पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडियाको आवाजमा रहेको “हुक्का रे ” गीतको भिडियो सार्वजनिक भए सगैँ गायक शेखर बगडियाको नयाँ गीतको कभर भिडियो बनाएर पठाउने उत्कृष्ठ एक जनालाई नगद पचास हजार नगद पुरस्कार प्रदान गरीने भएको छ । गीतमा भिडियो बनाएर  मोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायक शेखर बगडियाको इमेल ठेगाना   ([email protected]) मा पठाउनु पर्नेछ ।
अन्यथा कुनै च्यानलबाट भिडियो राख्न पाईने छैन । उत्कृष्ट भिडियोलाई नगद रु पचास हजार प्रदान गरिने गायक शेखरले बताए्  नेपाली युवा पुस्ताका निकै प्रतिभावान गायकको गीतलाई टिन एर्जर युवाले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए । भिडियो खिचेर ३१ जुलाई सम्ममा पठाउनुपर्ने छ ।
गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र विजेश्वर तन्डुकारले गीतलाई ऐरेन्ज गरेका छन ।  गीतको भिडियोमा सुनिल क्षेत्री , निशा जोशी , सुस्मा अधिकारी , सौरभ अधिकारी, नेपाली ठिटो लगायत लगायतको फिचरिङ छ । अर्जुन तिवारी र साथीहरुको छायाँकन, भरत रेग्मीको सम्पादन र सुब्रतराज आचार्यको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया