पेरिसमा गोरखाली भेटघाट तथा BBQ कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ असार २६ गते २१:२९ मा प्रकाशित

फ्रान्स को पेरिस शहर कोपूर्वी सिमानामा जोडीएको पँता (pantain) शहर अबस्थित बिशाल पार्कमा आईतबार ८ जुलाई २०१८ का दिन गोरखाली समाज फ्रान्सले नेपालीहरुको भेटघाट तथा बार्बेक्यु कार्यक्रम सम्पन्न गरेको छ । फ्रान्समा भएका बिभिन्न नेपाली सँघ संस्था स्थापना हुने क्रममा यो कान्छो संस्था बन्न पुगेको छ । गोर्खा जिल्लामा जन्मेर हुर्केर हाल फ्रान्समा बसोवास गर्ने गोर्खालीहरुले आफ्नो जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्न गत बैसाख २०७५ मा यो समाज स्थापना भएको हो । भेटघाट तथा बार्बेक्यु कार्यक्रममा नेपाली राजदुत श्रीमती अम्बिका देवी मानन्धर लुईटेल ज्युको प्रमुख अतिथित्य रहेको थियो भने नियोग उप प्रमुख  लेखनाथ भट्टराई, फ्रान्सका सबै संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमको अध्यक्षता संस्थाकै अध्यक्ष  सुरेन्द्र काप्रीले गर्नुभएको थियो । कार्यक्रम सन्चालन समाजकै महासचिब  राजेन्द्रबाबु श्रेष्ठले गर्नु भएको थियो । पार्कको वरपर र दोबाटोमा नेपाली ध्वजा , झन्डा , ब्यानर ले सजाइएको थियो । कार्यक्रम स्थलमा नेपाली संगितका बाजागाजा धुन, नृत्य भैरहदा, मासु पोल्ने पकाउने र खाने पनि चलिरहेको थियो । नाच गान, कार्यक्रम को वीच वीच मा स्वागत मन्तव्यको कार्यक्रम संचालन भै रहेको थियो ।

समाजका अभिभाबक एब साहित्यकार  हरिहर अर्यालले सबै अतिथिहरुलाई स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो  भने महामहिम राजदुत श्रीमतीअम्बिका देबी मानन्धर लुइँटेल गोर्खाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्ति को लागि हार्दिक शुभकामना ब्यक्त गर्नुभयो । शुभकामना मन्तब्य ब्यक्त क्रममा गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय परिषदका सदस्य  सुबर्ण हमाल , फ्रान्सका अध्यक्ष्य  एकेन्द्र ब मल्ल , पूर्व उपाधक्ष्य  हरि सापकोटा , नेपाली एकता समाज फ्रान्सका प्रमोद जंग पाण्डे , पाकोफ़ोनकी अध्यक्ष्य  सुमित्रा प्रधान , सास्कृतिक गृहका अध्यक्ष्य  हेमन्त उपाध्यय , तमु समाज फ्रान्सका अध्यक्ष्य  चित्र गुरुङ , मगर समाज फ्रान्सका उपाधक्ष्य  बिष्णु बहादुर सरु मगर , समाजसेबी जीबन के सीले आ आफ्नो मन्तब्य राख्नुभयो ।

कार्यक्रम मा समाजका सल्हाकार एब एकता समाज फ्रान्सका पूर्व अधक्ष्य शुक  गुरुङले गोर्खाली समाजका फूटबल खेलाडी हरुलाई परिचय गराउनु भएको थियो भने अर्को सल्हाकार एब एन आर एन ए फ्रान्स का पूर्व अध्यक्ष्य, इन्जिनीयर निर्मल अर्याल ले समाज का कार्य समिति को परिचय गराउनु भएको थियो । समाज का उपाधक्ष्य रामेश्वोर श्रेष्ठ ले बार्बेक्यु तयारी उपसमितिका साथीहरु सन्जिब देवकोटा , बिष्णु दवाडी , बीर बहादुर गुरुङ , कुल बहादुर तामांग , सुजन देवकोटा , लाई धन्यवाद दिदै परिचय गराउनु भयो । समाजकी कोषाधक्ष्य नानु देबकोटा ,सदस्यहरु धन कूमार घले , जीवन आले, सुदेश तामांग, सुजन बानियाको उपस्थिति र सक्रिय योगदान रहेको थियो । कार्यक्रममा आन्जेश चुडाल र साथीहरुले लाइभ संगीत प्रस्तुत गरि सहभागी हरुमा थप मनोरंजन प्रदान गर्नुभएको थियो । अन्त्यमा , समाजका अधक्ष्यले गोर्खाली समाज फ्रान्स को उदेश्यहरु माथी प्रकाश पार्दै उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिएर कार्यक्रम समाप्त भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया