दृष्टि गुमाएकी आमाले भावुक हुँदै आफ्नो फुटपाथ पसलबाटै मागिन् ‘बुगि वूगी’मा टप ५ भित्र पर्ने सफल सरोजका लागि भोट [हेर्नुहोस भिडियो]

इनेप्लिज २०७५ असार २६ गते १०:५१ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : इतिहास रच्न सफल नेपालको पहिलो अन्तर्राष्ट्रिय फ़्रेञ्चाईज सिङगीङ रियालिटी शो नेपाल आइडलको अपार सफलता पश्चात् अन्तराष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करण हाल संचालन भैरहेको छ ।

शुरुवातमा देशभरबाट छानिएर आएको उत्कृष्ट १८ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए । अहिले टप ५ मा सिमित भएको छ। यी प्रतिस्पर्धीहरु मध्ये एक हुन् काभ्रेका सरोज मोक्तान्। साधारण परिवारमा हुर्केका सरोज सानैदेखि नित्यमा रुची राख्थे सरोज नृत्य प्रशिक्षक समेत हुन्, रियालिटी शोमा सहभागी हुनुपूर्व उनी नृत्य प्रशिक्षकको रूपमा काम गर्थे । शो ‘बुगिबुगी’ मा सरोज मोक्तान टप ५ भित्र पर्न सफल भएपछि अहिले उनको चर्चा स्वदेशमा मात्रै नभएर विदेशमा पनि चुलिँदो छ ।

मोक्तानको ‘डान्स–स्किल’ र पफर्मेन्सबाट जुरी सदस्यहरु नै चकित छन् । त्यतिमात्रै नभएर सहभागी प्रतिष्पर्धीहरु पनि उनको क्षमताको ठूलो प्रशंशक नै बनेका छन् । उनलाई जिताउने अभियानमा उनका समर्थकहरु जुटिसकेका छन् ।

सबैको मन जित्न सफल सरोजको परिवारको आर्थिक अबस्था निकै कमजोर छ। सरोजको परिवारमा बुबा, आमा, र ३ वटा दिदि र एउटा भाई छन्। सरोजका बाबु साझा बस चलाउने गर्छन भने आमा फुटपाथमा नाङ्गलो पसल राखेर बसेकी छिन्। उनले दिनमा ७ देखि आठ सय रुपैयासम्म व्यापार गर्छिन। सरोजकी आमा भन्छिन,’३५ साल देखि मैले नाङ्ग्लो पसल राख्दै आएको छु। आफ्ना बाल बच्चालाई नाग्लो पसल राखेर नै पढाए। आज मेरो छोराले गर्दा धेरै खुशी छु ।’

सरोज निकै ज्ञानी, बुझकी स्वभावको र घरमा सबैसँग मिलनसार रहेको उनले बताइन। उनले भनिन् ‘छोराछोरीलाई हुर्काउदा निकै कष्ट सहनु पर्यो। पहिला प्लास्टिकको छानो छाएर बसेको थिए। अहिले सरोजको दिदि र भाई विदेशमा गए देखि त्यति कष्ट छैन।’ उनको दृष्टि कमजोर हुनुको साथै बाथको रोगी छिन्। उनलाई मासिक उपचार गर्ने १० हजार रुपैया लाग्छ। अब सरोजले बूगी वूगीको शो जिते आफ्नो नाङ्गलो पसल छाड्ने समेत उनले बताईन। सरोजकी आमाले सरोजलाई भोट गर्ने व्यक्तिहरु, मिडियाकर्मी लगायत जजहरुलाई समेत् धन्यबाद दिँदै उसलाई जिताउन सबैसँग भोटको अपिल पनि गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया