स्तन क्यान्सर पिडित मिरालाई साथीभाइद्वारा आर्थिक सहयोग र सहयोगको लागि याचना

इनेप्लिज २०७५ असार २५ गते २३:०० मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : ललितपुरको झरुवारासीमा बस्दै आएकी मिरा कार्की स्तन क्यान्सरबाट पिडित छिन्। उनलाई क्यान्सर भएको भन्ने थाहाँ भएपछि उनका श्रीमानले दुई नाबालक सन्तान सहित आफ्नो बिरामी श्रीमतीलाई छोडेर बेपत्ता भए।

उनी अहिले ३४ वर्षकी भइन्। उनलाई क्यान्सर भएको करिब ५ महिना भइसकेको छ। उनको आर्थिक अबस्था निकै नाजुक छ। मिरा कार्की स्वस्थ हुँदा उनका श्रीमान खेतीपाती गर्दथे। उनी पनि खेतबारीमा तरकारी रोप्ने गर्थिन्। यसैबाट उनले आफ्नो गुजारा चलाउने गर्थिन।। जब उनी क्यान्सर पिडित भईन उनको जीवनमा भुईचालो आयो। उनको श्रीमानले यस्तो दुखद घडीमा उनलाई छाडेर गए। अहिले उनी र बालबच्चा विचल्लीमा परेका छन् ।

शुरुवातमा उनलाई दुख्ने गार्हो हुने त्यस्तो केहि भएको थिएन। एक्कासी स्तनबाट रगत बग्न थालेपछि उनी उपचार गर्न भक्तपुरको क्यान्सर अस्पतालमा पुगिन्। त्यहाँ उनले स्तन क्यान्सर भएको लास्ट स्टेज भइसकेको थाहा पाइन्। तत्काल अप्रेसन गर्नु पर्छ नत्र शरीरको भागमा पनि फैलिन्छ भने पश्चात उनले तुरुन्तै आफ्नो नाममा भएको जग्गा बेचेर उपचार गरिन्।

हाल उनले किमो चलाइरहेकी छिन्। उनको अनुसार एकपटक किमो चलाउदा २५ हजार खर्छ हुने गर्छ। चिकित्सकको भनाइ अनुसार उनले ५ वर्ष सम्म औषधि सेवन गर्नुपर्छ। आफ्नो आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या आइरहेको छ । उनको स्वास्थ्य अबस्था दिनप्रतिदिन बिग्रिदै गईरखेको छ। उनी आफ्नो अबोध बालबच्चाको भबिस्य अन्धकारमा धकेलिन्छ भन्ने चिन्तामा छिन्।

उपचार सँगसँगै उनले आफ्नो छोराछोरीलाई अध्ययनको लागि समेत विद्यालय पठाउन सकेकी छैनन्। उनले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा हालेकी छिन्।

उनका बाल्यकालका साथीहरु मिलेर पैसा उठाई ३७ हजार रुपैया सहयोग गरेका छन्। उनलाई उपचारका लागि एक संस्थाद्वारा एक लाख रुपैया प्रदान गरियो। अरु पैसा उनले सरसापट गरेर उपचार गर्दौ आएको उनले बताईन। उनले आफ्नो उपचार र बालबच्चाको पढाईको लागि सहयोगको अपिल गरेकी छिन्।

सेवा नै धर्म हो। तपाईको एउटा सानो सहयोगले कसैको जीवन बाच्न सक्छ। त्यसैले यदि तपाईहरु पनि क्यान्सर पिडित मिरा कार्कीलाई केहि सहयोग गर्नचाहानुहुन्छ भने मिरा कार्कीको मोबाइल नम्बर ९८६१३३४९०५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुहोस भिडियो 

प्रतिक्रिया