यी महान आमा जसले आफ्नो अशक्त छोरीलाई बोकेरै ब्याचलरसम्म पढाइन [हेर्नुहोस भिडियो साहित्]

इनेप्लिज २०७५ असार २५ गते २२:१६ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : सुलोचना भोयद्यु शारीरिक रुपमा अपाङ्ग छिन्। उनी जन्मिएदेखि नै अपाङ्ग भएता पनि मानसिक रुपमा आम मानिस जस्तै स्वस्थ र अब्बल छिन्। हालै बी. ए प्रथम वर्षमा अध्ध्यनरत सुलोचना राम्ररी बोल्न, हिडडुल गर्न सक्दिनन। उमेरले २८ वर्ष पुगिसकेकी उनलाई आफ्नी आमाले स्यार्दौ आईरहेकी छिन्।

सुलोचना एउटा विपन्न परिवारमा जन्मिएकी हुन्। सुलोचनाको घर भक्तपुरमा थियो । तर २०७२ सालको भुइँचालोले घर भत्काएपछि अहिले बागेश्वरीनजिकै आफ्नो छोरा घरमा बस्दै आईरहेकी छिन्। उनका घरमा ११ जना सदस्य छन्। उनका बाबु र आमाको कुनै आयस्रोत छैन। उनका बाबु पनि बेला-बेला विरामी भईरहन्छन। सुलोचनाको आमाले उनलाई हरेक पाईलामा साथ दीइरहेकी छिन्।

सुलोचनाकी आमाले उनलाई निकै दुख कष्ट गरेर हेरचाह गरिरहेकी छिन्। आफ्नी छोरीलाई उपचार गर्न धेरै औषधि पनि गरिन तर आर्थिकरुपले कमजोर भएको कारण अस्पताल भने खासै नलगेको उनले बताईन।

उनकी आमा विगतको कुरा सम्झिदै भन्छिन,’सुलोचना गर्वमा रहेको ६ महिना देखि नै पेट पोलीरह्न्थ्यो। घरको आर्थिक स्थिति नाजुक भएको कारण अस्पताल गएर उपचार गर्न सकिन। घरेलु उपचार गर्ने भनेर सेतो प्याज, चौलानी, काक्रोको विया राखेको झोल खाएकी थिए। त्यो खाएर यस्तो भएको जस्तो पनि लाग्छ। छोरी पाउन पनि निकै कष्ट भयो। बच्चा उल्टो बसेको भनेर पाटन अस्पतालमा १९ दिन भर्ना गरियो। छोरीलाई १६ दिनसम्म आइसीयुमा पाइपबाट दुध दिएर राखिएको थियो।’

उनको आमाको दिन छोरीको हेरचाह मै बित्छ। आमाले नै उनलाई पढ्न लाने ल्याउने गर्छिन। आफ्नो छोरीलाई पढाएर सक्षम बनायो भने पछि आफु नहुँदा कसैले उसलाई सहारा दिनसक्ने आशा भएको कारण दुख गरेर पढाउदै गरेको बताईन। सुलोचनामा पनि पढ्ने लगाब उत्तिकै छ।

सुलोचना शारिरिक रुपमा अशक्त भए पनि उनका इच्छाहरु धेरै छन्। उनलाई बाहिर घुम्न धेरै मनपर्छ। सुलोचना साथीहरुले उनलाई जहाँ भने त्यही लाने गर्छन तर आफुले साथीहरुको लागि केहि सहयोग गर्न नपाएको उनले दुखेसो पोखिन। उनलाई कसैले माया गरेर दिएको पैसाले साथीहरुलाई खानेकुरा खुवाउने गर्छिन। उसलाई आफुले दिन पाएकोमा निकै खुशी लाग्छ। सुलोचना भन्छिन,’मलाई एक हातले लिंदा अर्को हातले दीन मन लाग्छ।’ उनी सकेसम्म अरुलाई दुख दिन चाहानन्। उनी आफ्नो आमालाई जागिर खाएर पाल्ने उनको सपना छ।

उनलाई आफै चलाउन सक्ने हुइल चियरको आबश्यकता रहेको सुलोचनाले बताईन। तर आर्थिक अभावको कारण पुरा हुन सकेको छैन। बी. ए प्रथम वर्षमा पढिरहेकी सुलोचनाको भविष्यमा समाजसेविका बन्ने लक्ष्य छ । उनलाई समाज सेवी बनेर अशक्त वर्गको सहयोग गर्ने उनको इच्छा छ। सुलोचना आफुलाई मनमा लागेको कुरा कपीको पानामा कोर्ने गर्छिन।

उनी सामाजिक संजालमा पनि सक्रिय रहेकी सुलोचना चाडपर्वमा आफुलाई दाजुभाईले दिएको पैसा जम्मा गरेर अनलाईनबाट नै सामान मगाउने गर्छिन। तर अहीले उनको ल्यापटप बिग्रिएको सात महिना भईसक्यो। उनी ल्यापटपबाटै विभिन्न सुचना, मनोरंजन्त्मक कार्यक्रम हेरेर आफ्नो समय विताउने गर्थिन। अहिले उनलाई ल्यापटपको खाँचो छ। उनी कसैबाट ल्यापटपको सहयोग मिल्छकी भन्ने आशामा रहेको उनको आमाले बताईन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया